टीभीएस एनटर्कले नेपालमा पूरा गर्यो डेढ लाख बिक्रीको माइलस्टोन

काठमाडौं । टीभीएस एनटर्क १२५ स्कुटरले नेपालमा १ लाख ५० हजार युनिट बिक्रीको माइल स्टोन पूरा गरेको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क १२५ स्कुटरको १ लाख ५० हजार युनिट बिक्री पूरा गरेको जानकारी दिएको हो ।

कम्पनीले सन् २०१८ देखि नेपाली बजारमा एनटर्क १२५ स्कुटर बिक्री सुरू गरेको थियो । कम्पनीले ८ वर्षमै १ लाख ५० हजार युनिटको माइलस्टोन पूरा गर्न सफल भएको हो ।

सुरूमा एनटर्क १२५ ड्रम र डिस्क भेरियन्टमा मात्रै नेपाल भित्रिएको थियो भने हाल एक्सपी, एक्सपी रेड, एनटर्क आरटीएफआई, एनटक डिस्क एफआई र रेस एडिसन गरी ५ भेरियन्ट उपलब्ध छ ।

नेपाली बजारमा एनटर्क १२५ स्कुटरको सुरूवाती मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ छ भने टप भेरियन्टको मूल्य ३ लाख ३२ हजार ९०० रुपैयाँ रहेको छ ।

स्टेल्थ एयरक्राफ्टबाट प्रेरित एनटर्क स्पोर्टी लुक्स डिजाइनमा रहेको एनटर्क स्कुटरमा निकै एड्भान्स फिचरहरू पाइन्छ । एनटर्कमा १२४.८ सीसी क्षमताको सिंगल सिलिण्डर, थ्री भल्ब, फोर स्ट्रोक, इन्जिन रहेको छ । यो इन्जिननले अधिकतम १०.६ पीएस पावर तथा १०.८ एनएमको टर्क जेनेरेट गर्छ । भेरियन्ट अनुसार यो स्कुटरमा फिचरहरू र पावर फिगर फरक फरक पाइन्छ ।

निकै एग्रेसिभ र स्पोर्टी डिजानका कारण यो स्कुटरले सार्वजनिक भए लगतै निकै चर्चा कमाएको थियो । एनटर्क नेपाली बजारमा टीभीएस कम्पनीका लागि गेम चेन्जर मोडलका रूपमा स्थापित भएको मोडल हो ।


Back_to_top