अटो ब्राण्डको बिज्ञापन सामाजिक संजालमा, बिना खर्चको साम्रज्य खडा गर्दै टेस्ला

ब्राण्ड टोटलको एक रिर्पोटका अनुसार टेस्लाले आफ्ना उत्पादनको प्रचारका लागि शुन्य रकम खर्च गर्ने गरेको छ । हो, शुन्य । तर, टोयोटा, बिएमडब्लु, र्पोस र फोर्ड जस्ता कम्पनीका अन्य प्रतिस्पर्धीहरु भने फेसबुक, युट्य्ुब, इन्टाग्राम र ट्वीटर जस्ता सामाजिक सञ्जालमा धेरै पैसा बगाउँछन् ।

उदाहारणको लागि, टोयोटाले आफ्नो सामाजिक संन्जाल बजेटको ६२ प्रतिशत फेसबुकमा खर्च गरेको छ । उता र्पोसले बजेटको १४ प्रतिशत मात्र फेसबुकमा प्रचारका लागि छुट्याएको भने सामाजिक ‘प्लेटर्फाम’को ४७ प्रतिशत बजेट युट्युबमा खर्च गरेको छ ।  

ब्राण्ड टोटलका अनुसार उसले अमेरिकामा ३० दिनसम्म टोयोटा, बिएमडब्लु, फोर्ड, अडी, होन्डा, निसान, इन्फिनिटी, टेस्ला, लेक्सस, क्याडिलाक र र्पोसको ‘अर्गानिक’ सामाजिक अभियानको बिष्लेषण गरेको थियो ।

नतिजाले फेसबुकले अटो क्षेत्रको बिज्ञापनको ठूलो हिस्सा ओगटेको देखाएको छ । युट्युब पनि धेरै पछाडि भने होइन । युट्युबले होन्डा, फोर्ड, क्याडिल्याक, र्पोस जस्ता ब्राण्डको एक तिहाईदेखि झण्डै आधासम्म बजेट हात पारेको छ । अडीको त झन् आधा भन्दा पनि धेरै, ५४ प्रतिशत ।  

इन्सटाग्रामले अटो बिज्ञापनको ठूलो हिस्सा ओगटेको छ । इन्फिनिटी, र्पोस र बिएमडब्लुले यो सुन्दर सञ्जालमा आफ्नो डिजिटल बजेटको ३० देखि ४० प्रतिशत खर्च गरेका छन् ।

ट्वीटर चाँही अलि पछि 

क्याडिल्याक र बिएमडब्लुले मात्र उल्लेख्य मात्रामा बजेट ट्वीटर मार्फत खर्च गरेका छन् । बिएमडब्लुले मात्र दोहोरो अंकको २० प्रतिशत बजेट ट्वीटरमा खर्च गरेको छ । 

रोचक कुरा, फेसबुकमा सबैभन्दा धेरै खार्च गर्ने ब्राण्ड फक्सवागेन र निसान भएका छन् । ब्राण्ड टोटलका अनुसार यी दुई ब्राण्डले शत प्रतिशत बजेट फेसबुकमा खर्च गरेका छन्, अन्य सामाजिक सञ्जाललाई ठ्याम्मै बेवास्ता गरेर ।

किन फेसबुक यति धेरै चर्चित भएको होला ? प्रयोगकर्ता धेरै र पुराना भएर पो हो की !

‘ठूला गाडी निर्माता कम्पनीले पैसा खर्च गरेर सामाजिक सञ्जालमा चलाउने अभियानमा फेसबुकले एकछत्र राज गरेको छ, अन्य सञ्जालको तुलनामा,’ ब्राण्ड टोटलका सह–संस्थापक एवं प्रमुख कार्यकारी एलोन लेइबोभिच बताउँछन्, ‘हाम्रो तथ्याङ्कले जब ब्राण्डहरु अलि पाको उमेरका प्रयोगकर्ताहरु माझ पुग्न चाहन्छन्, तब फेसबुक प्रयोग गर्ने गरेको देखायो । र, तरुण प्रयोगकर्ता माझ पुग्ने भने युट्य्ब र इन्सटाग्राम तिरको बाटो सोझ्याएको देखियो ।’

तर, टेस्लाले पैसा खर्च गरेर चलाइने यस्ता अभियानमा शु्न्य खर्च गरको छ । उनीहरु ‘अर्गानीक’ सामाजिक संन्जालमा सक्रिय छन् । 

टेस्लाको इन्सटाग्राममा २० लाख भन्दा बढि अर्गानिक संलग्नता रहेको अध्ययनले देखाएको छ, जुन कम्पनीको ५५ प्रतिशत सामाजिक क्रियाकलाप जति हो । टेस्ला अर्गानिक रुपमा ट्वीटरमा पनि सक्रिय छ । कम्पनीको करिब ११ प्रतिशत क्रियाकलाप ट्वीटरमा देखिने गरेको छ । कम्पनीको प्रमुख कार्यकारी इलोन मस्क पनि २ करोड ६० लाख फलोअर्सका साथ ट्वीटरमा सक्रिय नै छन् । 

टेस्लाले आफ्नो अर्गानिक अभियान कसरी प्रभावकारी बनाउँछ ? 

‘डिजिटल बिज्ञापनमा गरिने ठूलो खर्च बिनै पनि ठूला र बलिया ब्राण्डहरुले सञ्जालहरुमा उच्च संलग्नता गराउन सक्छन्,’ लेइबोभिज बताउँछ्, ‘टेस्लाको हकमा पैसा खर्च गर्ने अन्य ब्राण्डको भन्दा पनि धेरै संख्याको संलग्नता भेटिन्छ । यो टेस्लाका प्रशंसकहरु पहिल्यै देखि नै ट्वीटर वा अन्य सञ्जालमा सक्रिय भएका कारण पनि हुनसक्छ । ब्राण्डले आफ्नो अर्गानिक पहुँच नै शक्तिशाली भएका कारण बजेट छुट्याएरै सामाजिक सञ्जालका वालमा प्रचार गर्नुपर्ने महशुस गरेको छैन ।’

टेस्लाको पछिल्लो त्रैमासको बित्तिय बिवरण सार्वजनिक भए पश्चात् भने कसैलाई कम्पनीले सामाजिक सञ्जालमा पैसा खर्च गरेरै केही प्रचारात्मक अभियान चलाउनुपर्ने हो की भन्ने महशुस भने हुनसक्छ ।


Back_to_top