काठमाडौं । होन्डाको मोटरसाइकल तथा स्कुटर अब नागरिकताकै भरमा किन्न सकिने भएको छ ।
नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ल्याएको ‘इजी फाइनान्स’ स्किममा यस्तो सुविधा पाइने भएको हो ।
कम्पनीका अनुसार यस स्कीममा ग्राहकले किस्ताबन्दीमा होन्डाका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नागरिकता मात्रै भए पुग्नेछ । खानेपानी, बिजुलीको बिल लगायत कागजात ल्याउनुपर्ने झन्झट हटेको छ ।
‘नागरिकता भए पुग्छ’ भन्ने नारासहित ल्याइएको यो अफरले ग्राहकलाई सहज वित्तीय सुविधा प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।
यस योजनामा ग्राहकले न्यून कागजी प्रक्रिया पूरा गरी किस्ताबन्दी सुविधामा मोटरसाइकल तथा स्कुटर लिन सक्नेछन्। सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) भने अनिवार्य हुने छ।
होन्डाको आधिकारिक फाइनान्स पार्टनर स्याकार हायर पर्चेज रहेको छ। उक्त कम्पनीमार्फत नयाँ ग्राहकलाई सहज मासिक किस्तामा मोटरसाइकल तथा स्कुटर किन्न लोन प्रदान गर्ने छ ।
नेपाली बजारमा दुईपाँग्रे क्षेत्रमा बढ्दो प्रतिस्पर्धा बीच होन्डाले ग्राहक केन्द्रित योजना ल्याएर बिक्री विस्तार बढाउने रणनीति अपनाएको देखिन्छ ।


