एक्सपेङले ल्याउँदै रेन्ज रोभर स्पोर्टस जस्तै नयाँ एसयूभी

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङले नयाँ एसयूभी चाँडै बजारमा ल्याउने भएको छ । कम्पनीले एक्सपेङले ‘जीओटू’ (कोडनेम) इलेक्ट्रीक कार ल्याउने भएको हो ।

कम्पनीको यो एसयूभी सार्वजनिक हुनु अघि परीक्षणको क्रममा देखिएको हो । एक्सपेङ जीओटू ईभी रेन्ज रोभर स्पोर्टस्सँग मिल्दो जुल्दो डिजाइनमा देखिएको छ । एक्सपेङले जीओटू ईभी प्लेटर्फम र एक्सटेन्डेड रेन्ज ईभीका रूपमा ल्याउने अपेक्षा गरिएको छ ।

यसअघि कम्पनीले एक्सपेङ जीएक्स विग साइज एसयूभीको बिक्री सुरू गर्ने अनुमतिका लागि आवेदन दिइसकेको छ । यो रेन्ज रोभरसँग मिल्दो डिजाइनमा छ भने यसकै सानो मोडलको रूपमा जीओटू आएको हो ।

परीक्षणको क्रममा देखिएको जीओटूको फ्रन्टमा क्लोज अफ ग्रिल रहेको छ भने बम्परमा एक्टिभ एयर इन्टेक दिइएको छ । एक्सपेङ जीएक्समा जस्तै यसको पनि बम्परमा हेडल्याम्प प्लेस गरिएको छ ।

एक्सपेङ जीओटूमा रियर भ्यू मिरर डोर प्यानलमा दिइएको छ भने फ्ल्स डोर ह्याण्डल प्रयोग गरिएको छ ।

एक्सपेङ जीओटू पूर्ण रूपमा ढाकिएको छ । यसका बारेमा धेरै जानकारी बाहिर आएको छैन् ।

५ मिटर लामो साइजको हुने अनुमान गरिएको यो कारको मूल्य ४३ हजार डलरदेखि ५८ हजार डलर हुने अनुमान गर्न सकिन्छ ।

नेपालमा सीजी मोटर्सले एक्सपेन्ज जी ६ बिक्री गर्दै आएको छ । कम्पनीले यसको अधिकतम मूल्य ८५ लाख रुपैयाँ तोकेको छ ।


Back_to_top