काठमाडौं । महिन्द्राले ‘एक्सईभी नाइन ई’को विशेष भेरियन्ट ‘सिने लक्स’ सर्वाजनिक गरेको हो ।
कम्पनीले भारतीय बजारमा एक्सईभी नाइन ई सिने लक्सको मूल्य २९.३५ लाख भारु (एक्स शोरुम) तोकेर सार्वजनिक गरेको हो । सोमबारदेखि बुकिङ खुला हुने कम्पनीले जनाएको छ ।
महिन्द्राले सिनेलक्स भेरियन्टलाई हालको टप भेरियन्ट ‘प्याक थ्री सेलेक्ट’ (११ किलोवाट एसी चार्जर’भन्दा माथि राखेको छ । ग्राहकले सिनेलक्स भेरियन्टमा थप ७० हजार रुपैयाँ बढी तिरेर बाह्य तथा आन्तरिक साजसज्जामा परिवर्तनहरू गर्न सक्नेछन् ।
महिन्द्राले सिनेलक्स भेरियन्ट उन्नत प्रविधिसँग विलासिता मिसाएर डिजाइन गरिएको एसयूभी हो । सिनेलक्स भेरियन्टको मुख्य विशेषता भनेकै यसको सिनेम्याटिक क्याबिन सेटअप हो । यसको क्याबिनमा चेस्टनट ब्राउन र नोक्टर्न ब्ल्याक रङ संयोजन प्रयोग गरिएको छ । नरम सतह सामग्री तथा सिट आवरणमा खैरो धागोको सिलाइ गरिएको छ ।

यसमा कोस्ट-टु-कोस्ट ट्रिपल एचडी डिस्प्ले, डल्बी एटमसले सुसज्जित १६-स्पिकर हर्मन कार्डन अडियो प्रणाली, ६५ वाट टाइप-सी पोर्टहरू, पछाडि एसी भेन्ट जस्ता सुविधा उपलब्ध छन् ।
यसमा रहेको इन्फिनिटी रूफ र एम्बियन्ट लाइटिङ प्रणालीले १ करोड ६० लाख भन्दा बढी कलर अप्सन प्रदान गर्दछ । जसले प्रयोगकर्ताहरूलाई विभिन्न मुड र अवसरहरू अनुरूप क्याबिन वातावरणलाई प्राइभेट बनाउन अनुमति दिन्छ ।
एसईभी नाइन ईको सिने लक्स भेरियन्टको एक्सटेरियरमा साटिन ब्ल्याक र साटिन ह्वाइट रङ संयोजन गरिएको छ । जसले गाडीलाई अलग देखाएको छ ।
एक्सईभी सिनलक्स भेरियन्टको यान्त्रिक पक्ष भने परिवर्तन भएको छैन । यसमा अरु भेरियन्टमा जस्तै ७९ किलोवाट आवरको बीवाइडी ब्लेड एलएफपी ब्याट्री प्याक छ । यसमा भएको २१० किलोवाटको इलेक्ट्रीक मोटरले २८२ हर्षपावर तथा ३८० न्युटन मिटर टर्क प्रदान गर्छ । यो एसयूभीले एकपटको फुलचार्जमा ६५६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

