नेपाली बजारमा पाइन्छ ८ सेग्मेन्टका मोटरसाइकल, तपाईंको रोजाइ कुन ?

काठमाडौं । मोटरसाइकल केवल आवतजावतको साधन मात्र होइन, यो व्यक्तिगत आवश्यकता, सुविधा र रोजाइको हिस्सा बनिसकेको छ । मानिसले दैनिक कामकाजीदेखि स्पोर्टस र एड्भेन्चरका लागि समेत मोटरसाइकलको प्रयोग गर्छन् ।

मोटरसाइकल कार चढ्न नसक्नेको लागि पहिलो विकल्प हो भने कार भएकाहरुको बन्ने गरेलाई मध्येनजर गर्दै विभिन्न सेग्मेन्टका मोटरसाइकल निर्माण गरिएको छ । डिजाइन, प्रदर्शन र प्रयोगको आधारमा मोटरसाइकलाई विभिन्न श्रेणीमा वर्र्गीकरण गरिएको हुन्छ ।

यहाँ हामीले नेपालमा उपलब्ध ९ सेग्मेन्टका मोटरसाइकलका बारेमा चर्चा गरेका छौं ।

१.कम्प्युटर स्ट्यान्डर्ड मोटरसाइकल : कम्प्युटर स्ट्याण्डर्ड मोटरसाइकल दैनिक प्रयोगका लागि उत्कृष्ट विकल्प हो । यो निकै सन्तुलित डिजाइनमा हुन्छ । यसमा सानो र मिडियम क्षमताको इन्जिनका साथै, रेगुलर राइडका लागि आवश्यक पर्ने सुविधा र सुरक्षा फिचरहरू पाइन्छ ।

सीधा र आरामदायक राइडिङ पोजिसन यो मोटरसाइकलको राम्रो पक्ष हो । चलाउन सहज र सजिलो भएकाले नयाँ राइडरका लागि पनि उपयुक्त हुन्छ । यसलाई शहरमा दैनिक आवतजावतसँगै लामो दुरी र सामान्य अफरोडमा पनि चलाउन सकिन्छ ।

२.डुअल–स्पोर्ट मोटरसाइकल : डुअल–स्पोर्ट मोटरसाइकल पिच र अफ–रोड दुवै सडकमा चलाउन मिल्ने गरी डिजाइन गरिएको हुन्छ । यो हलुका र मजबुत संरचनामा बनेको हुन्छ । खराब सडक, ट्रेल, पिच सडकमा सजिलै चलाउन सकिने भएकाले विभिन्न प्रकारका बाटोमा यात्रा गर्ने व्यक्तिका लागि उपयुक्त हुन्छ ।


३.एड्भेन्चर मोटरसाइकल : एड्भेन्चर मोटरसाइकल टुरिङ र अफ–रोड क्षमताको संयोजन हो । यसमा आरामदायक राइडिङ पोजिसन, राम्रो फ्युल रेन्ज, र खराब बाटोमा चल्ने क्षमता हुन्छ । एड्भेन्चर मोटरसाइकल लामो यात्रा, पहाडी क्षेत्र र चुनौतीपूर्ण मार्गका लागि उपयुक्त छ । यो एड्भेन्चर राइडिङ मन पराउनेलाई छनोट राम्रो हुन्छ ।

 

४.टुरिङ मोटरसाइकल : टुरिङ मोटरसाइकल विशेष गरी लामो दूरीको यात्राका लागि बनाइएको हुन्छ । यी आकारमा ठूला, अग्लो ग्राउण्ड क्लियरेन्स र भारी हुन्छन् । यी मोटरसाइकलमा स्टोरेज बक्स, नेभिगेसन सिस्टम, विभिन्न खाले ट्रयाक कन्ट्रोलहरू र हावा रोक्ने सुविधा (विन्ड प्रोटेक्शन सिल्ड) जस्ता सुविधाहरू हुन्छन् । आरामदायक सीट र स्थिरताले लामो यात्रामा सहज बनाउँछ । तर, यो डिजाइनको मोटरसाइकलमा सहरका धेरै भीडभाड हुने सडकमा कम गतिमा चलाउँदा अलि गाह्रो हुन सक्छ ।

५.डर्ट मोटरसाइकल : डर्ट मोटरसाइकल पहाडी भू-भाग, कच्ची सडक, जंगल ट्रेल, अफरोड ट्रयाक र दुर्गम क्षेत्रका अफरोड बाटाहरूमा सहज रूपमा यात्रा गर्न सकिने डिजाइनमा हुन्छ ।

यसमा हाई टर्क जेनेरेट गर्ने इन्जिन, हलुका आल्मुनियम वा स्टिल फ्रेम, अग्लो सिट हाइट, लामो ट्राभल सस्पेन्सन, ठूलो ग्रिप भएको अफरोड टायर, स्लिम सिट र उच्च ग्राउण्ड क्लियरेन्स दिइन्छ । डर्ट मोटरसाइकलहरू युवापुस्ता, अफरोड ट्राभल भ्लगर, एड्भेन्चर राइडरका लागि उपयुक्त हुन्छ ।


६.स्पोर्ट मोटरसाइकल : स्पोर्ट मोटरसाइकल हलुका, छिटो कुद्ने भएकाले एरोडायनामिक डिजाइनमा हुन्छ । यो मोटलसाइकल उच्च गति, तीव्र एक्सेलेरेशन र उत्कृष्ट नियन्त्रणका लागि राम्रो मानिन्छन् । राइडिङ पोजिसन अगाडि झुकेको हुन्छ, जसले उच्च गतिमा राम्रो नियन्त्रण दिन्छ । स्पोर्ट किसिमको मोटरसाइकल हाई पर्फमेन्स र रेसिङ ट्रयाकलाई प्राथमिकता दिने राइडरका लागि उपयुक्त हुन्छ ।


७.क्रुजर मोटरसाइकल : क्रुजर मोटरसाइकल प्रायः भारी हुन्छ र यसको सिटको उचाइ निकै कम हुन्छ । क्रुजर मोटरसाइकलमा चालकलाई दुवै खुट्टा सजिलै जमिनमा टेक्न सहज हुन्छ । यसको राइडिङ पोजिसन आरामदायक हुन्छ र लामो दूरी वा सहज यात्राका लागि उपयुक्त मानिन्छ । यी मोटरसाइकलको पावर टर्कमा बढी ध्यान दिइएको हुन्छ, जसले स्थिर र स्मुथ राइडिङ अनुभव दिन्छ । क्रुजर शहरभित्र आरामदायक राइड गर्न र छोटो हाइवे यात्राका लागि राम्रो विकल्प हो ।


८.चपर मोटरसाइकल : चपर मोटरसाइकल आफ्नै आकर्षक र फरक डिजाइनका लागि चिनिन्छ । लामो फ्रन्ट फोर्क, फरक फ्रेम र कस्टम स्टाइल यसको विशेषता हो । यो मुख्य रूपमा सोख, प्रदर्शन र व्यक्तिगत स्टाइल देखाउन प्रयोग गरिन्छ । चपर मोटरसाइकललाई विशेष गरी बाइकिङ कलचरको महत्वपूर्ण हिस्सा मानिन्छ ।


Back_to_top