महावीरले चुनावमा सवारीमा मात्रै खर्च गरे साढे ११ लाख

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

उनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा चुनावी अभियानका क्रममा कुल २८ लाख ६८ लाख ८६८ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

महावीरले चुनावी अभियानमा यातायातका लागि मात्रै कुल ११ लाख ६१ हजार ४९७ रुपैयाँ खर्च गरेका छन् ।

उनले बुझाएको विवरण अनुसार गाडी भाडा र मर्मत खर्च ६ लाख ६० हजार ९९८ रुपैयाँ, डिजेल खर्च ३ लाख ६० हजार ४९९ रुपैयाँ र सवारी चालकको पारिश्रमिक १ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यस्तै, महावीरले होटल बास तथा खानामा १३ लाख ७ हजार ६१९ रुपैयाँ, प्रचार प्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५, स्टेशनरीमा २५ हजार ३००, मनोनयन दर्ता १० र विविध ७० हजार ८७७ रुपैयाँ खर्च गरेका छन् ।

उनी म्याग्दीबाट निर्वाचित भएका थिए ।


Back_to_top