काठमाडौं । गत साता मात्रै नेपाली बजारमा आएको एड्भेन्चर मोटरसाइकल अहिले चर्चामा छ । आधुनिक डिजाइन र फिचरले भरिपूर्ण २५० डुअल प्रतिस्पर्धीभन्दा सस्तो मूल्यमै आएपछि मोटरसाइकल पारखीहरूको नजरमा परेको हो।
नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । यसमा भए जति फिचर भएका अन्य मोटरसाइकलको तुलनामा यो निकै सस्तो हो ।
नेपालमा चिनियाँ ब्राण्डका मोटरसाइकलप्रति खासै आकर्षण देखिँदैछ । तर, उत्कृष्ट पर्फमेन्स, आधुनिक डिजाइन, फिचर र मूल्यका कारण सीएफमोटोले ग्राहक तानिरहेको छ ।
यहाँ हामीले सीएफमोटो २५० डुअलका बलिया ६ पक्षको बारेमा चर्चा गरेका छौं ।
डिजाइन
चिनियाँ कम्पनीले २५० डुअललाई अफरोडमा मात्र नभई सहरमा पनि चलाउन मिल्ने गरी डिजाइन गरेको छ । यसमा डबल पर्पस राइडलाई उपयुक्त हुने कम्पोनेन्टहरू, हाई ग्राउण्ड क्लियरेन्स, अग्लो ह्याण्डलबार, हलुका तौल, आकर्षक हेडल्याम्प र अन्य ट्राभल सेटअप पाउन सकिन्छ । यो २५० सीसी मोटरसाइकललाई यसको क्लिन एण्ड फिनिसिङ डिजाइनले निकै उत्कृष्ट बनाएको छ ।

इन्जिन
२५० डुअलमा २४९ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड, डीओएचसी, फोर भल्ब, युरो ५ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २४.४ पीएस पावरका तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसले शहरको दैनिक यात्रा मात्र नभई अफ रोड ट्रेल र पहाडी बाटोमा पनि स्थिर परफर्मेन्स दिन्छ ।
यो मोटरसाइकलमा ६ स्पीड गियरबक्स छ । यसको टप स्पीड क्षमता प्रतिघण्टा १३५ किलोमिटर रहेको छ ।
सस्पेन्सन
डुअलमा फराकिलो अफरोड ट्राभल सस्पेन्सन सेटअप पाउन सकिन्छ । यसको फ्रन्टमा अपसाइड डाउन यूएसडी फोर्क र रियरमा एड्जस्टेबल मोनोशक सस्पेन्सन छ । यस्तो सस्पेन्सन सेटअपले खराब सडक, कच्चा बाटो तथा अफरोड ट्रेलमा पनि राम्रो सन्तुलन र आराम प्रदान गर्छ । उच्च ग्राउण्ड क्लियरेन्सका कारण उवाडखावड सडकमा चलाउन पनि सहज हुन्छ ।
टायर र ब्रेकिङ सिस्टम
सुरक्षाका लागि मोटरसाइकलमा अगाडि र पछाडि डिस्क ब्रेकसहित डबल च्यानल एबीएस, डबल पर्पस टायर र वायर स्पोक ह्वील प्रणाली जडान गरिएको छ । यसले अचानक ब्रेक लगाउँदा टायर लक हुन नदिने भएकाले सुरक्षित ब्रेकिङ अनुभव प्रदान गर्छ ।

एलईडी लाइट तथा डिजिटल क्लस्टर
मोटरसाइकलमा एलईडी हेडलाइट, एलईडी टेललाइट तथा स्पिडोमिटर, ट्रिप, गियर इण्डिकेटर, इन्धन गेज आदिको जानकारी देखाउने एलसीडी डिजिटल कन्सोल रहेको छ ।
अन्य फिचरहरू
सीएफमोटो २५० डुअलमा यूएसबी चार्जिङ पोर्ट, स्विचेबल एबीएस सिस्टम, साइड स्ट्यान्ड सेफ्टी स्विच र स्लिप एण्ड असिस्ट क्लच जस्ता फिचरहरू पाउन सकिन्छ ।
शक्तिशाली इन्जिन, राम्रो सस्पेन्सन, आधुनिक सेफ्टी र टेक फिचर, आकर्षक डिजाइनले अफरोड र एड्भेन्चर राइडिङ मन पराउनेका लागि डुअल २५० एउटा उत्कृष्ट विकल्प बन्न सक्ने देखिन्छ ।


