चैत १२ देखि एमएडब्लूको मेगा एक्सचेन्ज कार्निभल हुने

काठमाडौं । एमएडब्लू वृद्धिले आगामी १२ चैतदेखि १४ गतेसम्म देशभर मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ ।

कम्पनीले आफ्नो लोकप्रिय ईभी ब्राण्डहरू दीपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर मेगा एक्सचेन्ज आयोजना गर्ने भएको हो ।

यस कार्निभलमा ग्राहकले आफूलाई डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड गर्ने अवसर पाउने छन् ।

मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बीमा, चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा पाउने छन् ।

बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल ईभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर हुने कम्पनीको भनाइ छ ।

काठमाडौं उपत्यकामा ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ ।

उपत्यकाबाहिर भने दीपल, नामी तथा सेरेसका शोरुमहरूमा आयोजना हुनेछ ।

एक्सचेन्ज क्याम्पमा अतिरिक्त कार्यक्रमा रोबोटिक शो, किड्स जोन, विभिन्न खेल, खानाको स्टलहरू जस्ता मनोरञ्जनात्मक गतिविधिहरू आयोजना हुनेछ ।


Back_to_top