रेनो क्वीडको फेसलिफ्ट भर्सन पहिलो पटक देखियो, यस्तो छ विशेषता

रेनोले आफ्नो चर्चित ह्याचब्यक कार क्वीडको फेसलिफ्ट भर्सन २०१९ को अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरेको छ । त्यही योजना अनुरुप हाल क्वीड फेसलिफ्ट परिक्षणको क्रममा रहेको छ । 

परिक्षणमा रहेको रेनो क्वीड फेसलिफ्ट पहिलो पटक सडकमा देखिएको हो । नयाँ क्वीडमा रेडिएटर ग्रिल, एलइडी बीआरल लगायत विभिन्न विशेषता थपिएको छ । फेसलिफ्ट क्वीडको इन्टेरियरमा मिडियानभ इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्टसमेत हुनेछ । 

हाल रेनो क्वीड ०.८ लिटर र १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । फेसफ्ट भर्सनमा भने कम्पनीले उक्त इन्जिन उक्त इन्जिन बीएस–६ स्ट्यान्डर्डमा अपग्रेड गर्नेछ । 

रेनोले क्वीड फेसलिफ्ट यही वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने तयारी गरिरहेको छ । त्यो भन्दा पहिले कम्पनीले पहिलो पुस्ताको डस्टर फेसलिफ्ट सार्वजनिक गर्ने अनुमान गरिएको छ ।  


Back_to_top