पोखरा । बजाजको नयाँ इलेक्ट्रीक स्कुटर चेतक ३५०१ पोखरामा सार्वजनिक भएको छ ।
नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘वाडा अटो शो २०२६’ मा उक्त स्कुटर प्रदर्शनीमा राखेको हो ।
पोखराको लेकसाइडस्थित तालबाराही चोकमा आजदेखि सुरु भएको वाडा अटो शो चैत १५ गतेसम्म आयोजना हुनेछ ।
अटो शोमा चेतकको स्टल सी ३२ मा रहेको छ । यस प्रदर्शनीले चेतकको ऐतिहासिक विरासत र आधुनिक इलेक्ट्रिक प्रविधिको उत्कृष्ट सङ्गमलाई प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।
अटो शोमा गहकले चेतक ३५०१ नजिकबाट नियाल्न पाउनुका साथै यसको मजबुत मेटल बडी, स्मार्ट टीएफटी डिस्प्ले र नेपालको विविध भौगोलिक अवस्था सुहाउँदो सुरक्षा विशेषताहरूको प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
सहभागीहरूले लेकसाइडको सुन्दर रुटमा टेस्ट राइडका लागि दर्ता गर्न सक्नेछन् । प्रदर्शनीस्थलमै बुकिङ गर्दा उपलब्ध हुने विशेष ‘न–द–स्पट’ अफरहरूको लाभ समेत पाउने छन् ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सुन्दर सहर पोखराका लागि सुहाउँदो शान्त, प्रभावकारी र प्रतिष्ठित सवारी साधन उपलब्ध गराउन लागिएको बताए ।
‘पोखरा सधैं परम्परा र प्रकृति दुवैलाई आत्मसाथ गर्ने सहरको रूपमा परिचित छ। वाडा अटो शोमा चेतक ३५०१ ल्याउनु भनेको यस सुन्दर सहरका लागि सुहाउँदो शान्त, प्रभावकारी र प्रतिष्ठित सवारी साधन उपलब्ध गराउनु हो। गण्डकी प्रदेशका बासिन्दाहरूले चेतक ईभीले कसरी आफ्नो गौरवमय विरासतलाई आधुनिक प्रविधिसँग जोडेको छ भन्ने अनुभव गर्न पाउने कुरामा हामी निकै उत्साहित छौं,’ उनले भने ।

