काठमाडौं । ट्राफिक प्रहरीले गोरखाको मझुवास्थित रामशाहघाट हुँदै मनकामना जाने सडकखण्ड विद्युतीय गाडी (ईभी) संचालनमा रोक लगाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, गोरखाले सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो ।
कार्यालयका अनुसार केही समयका लागि उक्त सडकमा निजी तथा सार्वजनिक (भाडा)का सबै विद्युतीय गाडी संचालनमा रोक लगाइएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि सो रुटमा ईभी गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट मझुवा, देउरालीले उक्त सडकमा ईभी चलाउन रोक लगाइएको बोर्ड समेत राखेको छ ।
केही दिनअघि मात्रै सो सडकमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो ।

