काठमाडौं ।सीएफमोटोको २५० एनके मोटरसाइकल खरिदमा ९९ हजार रुपैयाँ नगद छुट पाइने भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा उक्त आकर्षक अफर ल्याएको हो ।
यसअघि ५ लाख ४९ हजार रुपैयाँ पर्ने सीएफमोटोको २५० एनके अब ४ लाख ५० हजार रुपैयाँमै किन्न पाइने छ । नयाँ वर्ष लक्षित यस अफरले नेपाली बजारमा मिड सेग्मेन्ट मोटरसाइकल प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा कम्पनीको छ ।
यसका अलावा ग्राहकले एमटी थन्डरको हेल्मेट र सीएफमोटो लोगो भएको प्रिमियम हुडी समेत निःशुल्क पाउने छन् । साथै, ग्राहकहरूले ५ वर्षसम्मको वारन्टी, एक्सचेन्जमा अतिरिक्त भ्यालुएसन, आकर्षक क्यास डिस्काउन्ट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत पाउनेछन्।
एनके २५० मा २४९ सीसीको सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले अधिकतम २०.५ पीएस पावर तथा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथ स्लिपर क्लच, डुअल च्यानल एबीएस, राइडिङ मोड, टीएफटी डिस्प्ले, पूरा एलईडी लाइट लगायतका आधुनिक फिचरहरू समावेश छन्।
नेपालमा एड्भेन्चर र नेकेड सेग्मेन्ट विस्तार भइरहेका बेला यस्तो अफरले युवा राइडरहरूलाई विशेष रूपमा आकर्षित गर्ने देखिन्छ।

