होण्डाको मोटरसाइकलमा १ लाखसम्म छुट, ७ वर्षसम्म फ्री सर्भिसिङ

काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरमा नयाँ वर्ष २०८३ सालको ‘८३ को सपना मेरो होण्डा’ नामक अफर सार्वजनिक भएको छ ।

नेपालमा होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८३ लक्षित गर्दै उक्त आकर्षक योजना ल्याएको हो ।

यो अफर अन्तर्गत ग्राहकहरूले होण्डा ब्राण्डको मोटरसाइकल वा स्कुटर किन्दा स्क्रयाच कार्ड मार्फत अधिकतम १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

साथै, ग्राहकले ७ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि पाउने छन् । जसले सवारी खरिदपछि दीर्घकालीन मर्मत खर्च घटाउने र सजिलो फाइनान्स सुविधामा दुईपाँग्रे स्कुटर खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले नागरिकता र ड्राइभिङ लाइसेन्सकै आधारमै फाइनान्स सुविधा पाउने छन् ।

हाल होण्डाका कम्युटर बाइक र डबल पर्पस देखि स्कुटरसम्मका विकल्प उपलब्ध छन् । विशेष गरी युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याइएको हो ।


Back_to_top