यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रीक मोटरसाइकलको मोटर र ब्याट्री

काठमाडौं । रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ मोडलको स्पेसिफिकेसन सार्वजनिक गरेको छ ।

कम्पनीले भारतमा यही अप्रिल भित्रै लन्च गर्ने तयारी गरिरहेको उक्त इलेक्ट्रीक मोटरसाइकलको पहिलो पटक आधिकारिक रूपमा विवरण सार्वजनिक गरेको हो ।

रोयल इनफिल्ड फ्लाइङ फ्लिया सी ६ मा १५.४ किलोवाटको मोटर छ । यसले ६० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले मोटरसाइकलमा ३.९१ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसमा प्रयोग गरिएको ब्याट्रीले फुल चार्जमा १५४ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा दिइएको ब्याट्रीलाई डीसी फास्ट चार्जरबाट २ घण्टा १६ मिनेटमा फुलचार्ज गर्न सकिने कम्पनीको भनाइ छ । यसको ब्याट्री र मोटर एकदमै सुरक्षित प्रविधियुक्त छन् ।

फ्लाइङ फ्लिया सी ६ रोयल इनफिल्डको डेडिकेटेड प्लेटफर्ममा निर्माण भएको मोडल हो । यसको फ्रन्टमा ४० को दशकमा मोटरसाइकलमा प्रयोग गरिने ग्रिडर फोर्क, रियरमा मोनोसक सस्पेन्सन सेटअप, अलोय ह्वील, ट्युवलेस टायर, बेल्ट ड्राइभ सिस्टम, डबल डिस्क ब्रेक र रियर स्वीचेवल डबल च्यानल एबीएस रहेको छ ।

जम्मा १२४ किलोग्राम कुल तौल रहेको यो मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २०७ एमएम र सिट हाइट ८२३ एमएम छ । यसमा पाँचओटा राइडिङ मोडहरू, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिइएको छ ।

फ्लाइङ फ्लिया सी ६ मा ३.५ इन्चको टीएफटी डिस्प्ले छ । जसमा टचस्क्रीन सिस्टम, स्पीड मिटर, ट्रिप मिटर, रेन्ज, चार्ज स्टेटस लगायतका डिटेल्सहरू हेर्न सकिन्छ ।

साथै, एप सहितको कनेक्टिभिटी सिस्टम, नेभिगेसन, कल एसएमएस अलर्ट, राइड डाटा, भ्वाइस असिस्ट, म्युजिक कन्ट्रोल, रिमोट लक अन्लक, वायरलेस फोन चार्जर, मोटरसाइकल चार्जिङ मोड, किलेस इग्निसन, एन्टि टेम्पर अलर्ट र टर्क ब्यान्ड इन्डिकेटर पनि समावेस छन् ।


फ्लाइङ फ्लिया सी ६ लाई कम्पनीले प्रिमियम इलेक्ट्रीक सेग्मेन्ट लक्षित गर्दै ल्याएको देखिन्छ । आकर्षक डिजाइन, राम्रो रेन्ज र एड्भान्स फिचरका कारण यो बाइक बजारमा बलियो प्रतिस्पर्धी बन्न सक्ने संकेत देखिएको छ ।

फ्लाइङ फ्लिया सी ६ इलेक्ट्रीक मोटरसाइकल रोयल इनफिल्डको वल्र्ड वार दोस्रोमा प्रयोग गरेको पेट्रोल मोडल फ्लाइङ फ्लिया नामबाट प्रेरित छ । त्यस समयमा फ्लाइङ फ्लिया सिम्पल डिजाइन, उच्च प्रदर्शन र सजिलो ह्याण्डलिङको लागि प्रख्यात मोटरसाइकल थियो । नयाँ इलेक्ट्रीक भर्सनमा आउने फ्लाइङ फ्लिया सी ६ पनि सिम्पल, क्लिन एण्ड क्लासिक डिजाइनमा रहेको छ ।


Back_to_top