काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले आफ्नो शोसल मिडियामार्फत नयाँ मोटरसाइकल गोअन क्लासिक ३५० अप्रिल १५ मा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
कम्पनीले गोअन ३५० को बुकिङ समेत खुलाएको छ । बब्बर डिजाइनमा रहेको गोअन ३५० मा जे सिरिज ३५० इन्जिन रहेको छ ।
मोटोभर्स २०२४ मा पहिलो पटक सार्वजनिक गरिएको यो मोटरसाइकलको अपडेटेड भर्सन भारतमा बिक्री सुरू भइसकेको छ । नेपालमा कुन भर्सन सार्वजनिक हुन्छ भन्ने बारेमा कम्पनीले आधिकारिक जानकारी दिएको छैन ।
गोअन ३५० मा सिंगल स्प्लीट सिट, यू आकारको अपराइट ह्यान्डलबार, राउण्ड हेडलाइट, एलईडी लाइट, एलईडी इन्डिकेटर दिइएको छ ।
साथै, यो मोटरसाइकलमा एबीएस, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, एनालग स्पीडोमिटर र सेमी डिजिटल कन्सोल, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरू छन् । यसमा एडजष्टेबल गियर/ब्रेक लिभर, स्पोक ह्वील ट्युबलेस टायर, कनेक्ट फिचर तथा नयाँ कलर अप्सन दिएको छ ।
रेट्रो बबर डिजाइनमा रहेको गोअन मोटरसाइकलमा क्लासिक ३५० मा प्रयोग गरेको ३४९ सीसीको सिंगल सिलिण्डर इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा एड्जस्टेबल क्लच र ब्रेक दिइएको छ ।

