काठमाडौं । सीएफमोटो नेपालले २५० डुअल मोटरसाइकलमा नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअल मोडलमा बुकिङपछि पनि लागू अफर ल्याएको हो ।
कम्पनीले बजारमा २५० डुअलको बढ्दो माग र ग्राहकहरूको सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस्तो अफर ल्याएको जनाएको छ ।
कम्पनीले ल्याएको योजनाका मुख्य विशेषताहरू बुकिङ गरेको समयमा लागू रहेको अफर पूर्ण रूपमा सुनिश्चित रहने छ ।
यस योजनामा ग्राहकले नगद तथा फाइनान्स सुविधामा मोटरसाइकल खरिद गर्दा ८ हजार ३०० रुपैयाँसम्म छुट पाउने छन् ।
साथै, एक्सचेन्जमा १५ हजार बराबरको अतिरिक्त लाभ थप मूल्यांकन, लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले १ लाख नगद रुपैयाँ क्यासब्याक पाउने छन् । यसले सीमित स्टकका कारण अफर छुट्ने जोखिममा कमी र ग्राहकलाई स्पष्टता र भरोसा दिने कम्पनीले जनाएको छ ।
यो योजना ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने र खरिद प्रक्रियालाई पारदर्र्शी बनाउने उद्देश्यले ल्याइएको हो ।
एडभेन्चर सेग्मेन्टमा पर्ने २५० डुअल आफ्नो आकर्षक डिजाइन, बलियो प्रदर्शन र आधुनिक फिचरका कारण नेपाली बजारमा छोटो समयमै तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ ।


