‘हाइड्रोजन’बाट चल्ने भयो ‘सुजुकी स्वीफ्ट’

काठमाडौं । जापानी कार निर्माता सुजुकीले स्वीफ्ट ह्याचव्याकलाई हाइड्रोजन फ्यूलसेलबाट चल्ने बनाएको छ । सुजुकीले हाइड्रोजन इन्जिनबाट चल्ने स्वीफ्ट ‘भियना मोटर सिम्पोजियम’मा देखाएको हो ।

नेपाली सडकमा समेत बाक्लो उपस्थिति रहेको स्वीफ्ट विश्वका धेरै देशमा बिक्री हुने ह्याचव्याक कार हो । सुजुकीले स्वीफ्टलाई सुरु देखिनै रेसिङ कारबाट प्रेरित रहेर बनाएको थियो ।

जापानी कम्पनी टोयोटाले विगत १० वर्षदेखि हाइड्रोजन फ्यूलसेलबाट चल्ने गाडी उत्पादन र बिक्री गर्दै आएको छ । पछिल्ला वर्षहरुमा टोयोटा र सुजुकी बीच भारतीय बजारमा बलियो सहकार्य हुँदै आएको छ । धेरैले त्यही सहकार्यको अर्को पक्ष स्वीफ्टको हाइड्रोजन फ्यूलसेललाई लिएका छन् ।

सुजुकीले स्वीफ्टको हाइड्रोजन फ्यूलसेल संस्करणको प्रोटोटाइप देखाएपछि यसले ठूलो चर्चा पाएको छ । सुजुकीले यसलाई ‘डीआई’ टेक्नोलोजी भनेको छ । हाइड्रोजनबाट चल्ने स्पीवm्टले १३६ पीएस पावर र २२० न्यूटन मिटर टर्क प्रदान गर्ने बताइएको छ ।


Back_to_top