‘न्यू’ खोज्ने ग्राहकलाई बजाजले दिने भयो झ्याम्मै

काठमाडौं । बजाज नेपालले ‘न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ, ग्राण्ड एक्सचेन्ज कार्निभल’ संचालन गर्ने भएको छ । कम्पनीले आगामी सोमबारबाट उक्त एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको हो ।

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले यही वैशाख २८ देखि न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ ग्राण्ड एक्सचेन्ज कार्निभल क्याम्प सुरु गर्न लागेको छ ।

विभिन्न किसिमका सेवा र सुविधा अफर गरेर संचालन गर्न लागिएको एक्सचेन्ज कार्निभल आगामी जेठ ३ गतेसम्म संचालन हुनेछ । उक्त एक्सचेन्ज क्याम्प काठमाडौंको भृकुटीमण्डप आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

‘अब न्यू खोज्ने यताउति नहेरौँ, सिधै भृकुटीमण्डप जाऔँ’ स्लोगनसहित २२ भन्दा बढि मुल्याङकनकर्ता कम्पनी राखेर बजाजको एक्सचेन्ज कार्निभल गर्न लागिएको छ । जहाँ पुरानो मोटरसाइकल वा स्कुटर लगेर नयाँ बजाजका मोटरसाइकल सट्टापट्टा गर्दा सोचेभन्दा झ्याम्मै राम्रो भ्यालुयसन पाइने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्राहकले बजाजको जुनसुकै मोडलको खरिदमा झ्याम्मै १ लाखसम्मको नगद छुट पाउने छन् । यो छुट नगदमै किन्दा वा फाइनान्स सुविधा लिएर किन्दा दुवै अवस्थामा पाइने छ ।

यसका अलावा कम्पनीले बिभिन्न एसोसरिजहरु निःशुल्क दिने, सर्भिस शुल्क नलाग्ने र अन दी स्पट फाइनान्स सुविधा दिने जनाएको छ । फाइनान्सका लागि ग्राहकले आफ्नो नागरिकता र सवारी चालक अनुमतिपत्र मात्रै ल्याए पुग्नेछ ।

भारतीय ब्राण्ड बजाजले नेपालमा पल्सर सिरिज, एनएस सिरिज, एन सिरिज, एभेन्जर, डोमिनार, डिस्कभर र प्लाटिना जस्ता मोडलहरु बिक्री गर्दै आएको छ ।


Back_to_top