एमजी फोर-एक्समा ‘लिक्विड-सोलिड स्टेट ब्याट्री’, रेन्ज कति ?

काठमाडौं । सुन्दै अनौठो लाग्ने ‘लिक्वीड-सोलिड स्टेट’ ब्याट्री भएको ‘एमजी फोर-एक्स’ एसयूभी बिक्रीको लागि तयार भएको छ । चिनियाँ मिडियाले रिपोर्ट गरे अनुसार एमजी फोर-एक्स केही दिनमै बिक्री सुरु हुँदैछ ।

एमजीले ग्लोबल मोडलको रुपमा ‘एमजी फोर-एक्स क्रसओभर एसयूभी’ बजारमा ल्याउन लागेको हो । साइजका हिसाबले एमजी फोर एक्स अहिले बजारमा रहेको एस फाइभभन्दा पनि केही लामो हुनेछ । एमजी फोर-एक्सको लम्बाइ ४५०० एमएम हुनेछ ।

कम्पनीका अनुसार एमजी फोर-एक्सको चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम अग्लो हुनेछ । यसमा ह्वीलवेस भने २७३५ एमएम लामो रहनेछ । कम्पनीले यसमा १८ इन्चको अलोय ह्वील दिएको देखिन्छ ।

मोरिस ग्यारेजले एमजी फोर-एक्स एसयूभीको अपरेटिङ सिस्टम ओप्पोसँगको सहकार्यमा तयार पारेको हो । चालकको सहजता र सुरक्षाको लागि एमजीले आफ्नै इन हाउस उत्पादन गरेको एमजी पाइलट फिचर दिइएको छ ।

गाडीको अप्रोच एङ्गल १८ डिग्री र डिपार्चर एङ्गल २४ डिग्री रहनेछ । समग्र एसयूभीको कर्भ वेट १६४० केजीदेखि १७५५ केजीको बीचमा रहने छ । चिनियाँ बजारमा १२५ र १५० किलोवाट क्षमताको मोटर अप्सनमा बिक्री हुने छ ।

कम्पनीले यसमा ५३.९ किलोवाट आवरको लिक्विड-सोलिड स्टेट ब्याट्री प्रयोग गरेको छ । जसको सीएलटीसी रेन्ज ५१० किलोमटिर रहनेछ । साथै, ठूलो ६४.२ किलोवाट आवरको ब्याट्री पनि यसमा रहने छ । यसको सीएलटीसी रेन्ज भने ६१० किलोमिटर रहनेछ ।

एमजी मोटर्सको निकै परिचित नाम बनिसकेको एमजी फोरकै नाममा एक्स थपिएर आउन लागेको एसयूभी फिचरका हिसावले पनि अब्बल हुनेछ । यसमा हिटेड र भ्यान्टिलेटेड सिट, हिटेड स्टेयरिङ ह्वील, एम्बीयन्ट लाइट, ५० वाटको वायरलेस चार्जर जस्ता सुविधा उपलब्ध हुनेछन् ।


Back_to_top