नामीको कारमा ८ अफर, भक्तपुरमा किन्न पाइने

काठमाडौं । डोङफेङ नामीको कारमा अहिले ८ किसिमका अफर पाउन सकिन्छ । नामीको भक्तपुर डिलरको रुपमा काम गर्दै आएको ब्रिसा मोटर्सले नयाँ वर्षको अफर चलाइरहेको छ ।

कम्पनीले चलाएको स्कीममा गाडी किन्ने उपभोक्ताले केबल ५ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । अहिले बैंकहरुको ब्याजदर अत्यन्त कम छ । तर, कम्पनीले अफर गरेको ५ प्रतिशत निकै आकर्षक अफर मान्न सकिन्छ ।

नयाँ वर्ष अफर अन्तर्गत नामी बक्स ह्याचव्याक कार किन्ने मानिसले नगद छुट पनि पाउने कम्पनीले जनाएको छ । त्यसैगरी पुराना गाडी ल्याएर बिक्री गर्दै नयाँ गाडी किन्ने उपभोक्ताले एक्सचेन्ज बोनस पनि पाउने छन् ।

नामी बक्समा कम्पनीले ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्मको एक्सटेन्डेट वारेन्टी प्रदान गर्ने जनाएको छ । यसले उपभोक्तालाई ढुक्क बनाउने कम्पनीको दावी छ ।

यदि, तपाईले नयाँ वर्षको अफर अन्तर्गत नै नामी-०१ मोडल किन्दै हुनुहुन्छ भने गाडीको साथ ३.३ को ट्राभल चार्जर र ७ किलोवाटको वाल माउन्ट चार्जर निःशुल्क पाउनु हुन्छ ।

अझ यहाँ रोचक अफर के छ भने ८२ प्रतिशतसम्म फाइनान्स सुविधा पाउन सकिन्छ । यसको मतलव अहिले नामी-०१ किन्ने उपभोक्ताले मूल्यको १८ प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्नेछ ।

कम्पनीले एक वर्षको सवारी कर, १ वर्षको लागि अटो प्लस इन्स्योरेन्स र निःशुल्क एशोसरिज पनि अफर गरेको छ । यो स्कीम पाउन भने गाडी किन्ने मानिसले डोङफेङ नामीको भक्तपुर डिलरमै जानु पर्नेछ ।


Back_to_top