सुजुकी ई-भिटाराको डेलिभरी सुरू

काठमाडौं । नेपालमा सुजुकी ई-भिटाराको डेलिभरी सुरू भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटर्सले यसअघि बुकिङ लिएका ग्राहकलाई देशभरका शोरुमबाट गाडी ई भिटारा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले नेपालमा ई भिटारा गत साउनमा सार्वजनिक गरेको थियो भने गत चैतदेखि बुकिङ खुलाएको थियो । ई भिटारा विभिन्न चार भेरियन्टमा उपलब्ध छ । जसमा बेस भेरियन्टको आधिकारिक मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, कम्पनीले विशेष अफर अन्तर्गत हाल ४९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको छ । टप भेरियन्टको मूल्य ६४ लाख ४९ हजार तोके पनि हाल ६० लाख ४९ हजारमै उपलब्ध गराएको छ ।

ई भिटारामा ४९ र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । ठूलो ब्याट्रीले एकपटकको फुलचार्जमा ५०० किलोमिटर बढी रेन्ज दिने कम्पनीको दाबी छ । ई भिटारमा मोटर पनि १०६ र १२८ किलोवाटको रहेको छ ।

कम्प्याक्ट मिडसाइज सेग्मेन्टको यो एसयूभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम तथा २७०० एमएमको ह्वीलबेस रहेको छ । ग्राउन्ड क्लियरेन्स भने १८० एमएम छ ।

यसको एक्सटेरियर मस्कुलर र बोल्ड छ । पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइनको ई भिटारामा १८ इन्चको एरोडाइनामिक अलोय ह्वील, रूफ-एन्ड स्पोइलर छ । यसको अगाडि नेक्स्ट-जेनेरेसन ३-पोइन्ट म्याट्रिक्स एलईडी डीआरएल हरू र एलईडी प्रोजेक्टर हेडल्याम्प दिइएको छ । यसको फ्रन्ट ग्रीलमा एक्टीभ एयर भेन्ट्स दिएको छ ।

ई-भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन-डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड-ग्लास सनरुफ, मल्टि कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट-टच डुअल-टोन मेटेरियल प्रयोग गरिएको छ । जसले प्रिमियम अनुभव प्रदान गर्छ । यसमा १०.१ इन्चको इन्टिग्रेटेड डिजिटल डिस्प्ले र १०.२५ इन्चको मल्टि-इन्फर्मेसन डिस्प्ले रहेको छ । इन्फिनिटी बाइ हर्मन’ को प्रिमियम साउण्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।

 

ई-भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०-वे पावर-एडजस्टेबल ड्राइभर सिट रहेको छ। साथै, पछाडिको सिटमा ४०:२०:४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट, रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ । जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ।

जापानी निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड, वान पेडल ड्राइभिङ मोड पनि दिएको छ ।

सुरक्षाको लागि आधुनिक फिचरको लामै लिस्ट उपलब्ध ई-भिटारामा एडास लेभल २ फिचर पाउन सकिन्छ । लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर उपलब्ध छ ।

ई-भिटाराको चार वटै चक्कामा डिस ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, पैदल यात्रुको लागि अकुस्टिक भेहिकल अलार्म सिस्टम लगायत सुरक्षा फिचर प्रदान गरेको छ ।


Back_to_top