सुजुकी जिम्नीको नयाँ कन्सेप्ट, पहिलेसँग कति मिल्दोजुल्दो ?

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी सुजुकीले नयाँ जिम्नी फोर वाइ फोर एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । धेरैले कम्पनीको नयाँ कन्सेप्ट जिम्नीलाई देखेर अनौठो मानेका छन् ।

नयाँ कन्सेप्ट कारलाई जिम्नीसँग तुलना गर्नुको पछाडि मुख्य कारण फोर वाइ फोर ड्राइभिङ सिस्टम हो । यसका अलवा साइड स्कर्टहरुमा जिम्नी लेखिनु र ह्वील आर्कको माथि र फ्रन्ट बम्परको तल्लो भागमा निलो कलरको एलईडी लाइट दिइनुले पनि नयाँ जिम्नीले कौतुहलता प्रदान गरेको छ ।

अझ रोचक कुरा के छ भने नयाँ जिम्नीको कन्सेप्टको बडी स्टाइल हो । जुन जिम्नीको परम्परागत डिजाइनभन्दा विल्कुलै फरक छ । यसको छतको पछाडिको भाग झ्यालहरूसँगै हटाउन सकिन्छ । र, यसलाई पीकअपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

डिजाइनरले नयाँ जिम्नीलाई एक चल्ताफुर्ता ‘बेसक्याम्प’मा परिणत गर्छ । टेन्ट सहितको पछाडिको भागलाई प्रयोग गरेर जहाँसुकै जाँदा पनि यसलाई बासस्थानमा परिवर्तन गर्न सकिन्छ ।

सुजुकीले नयाँ जिम्नी ईभीमा ल्याउँछ वा पेट्रोल इन्जिनमा भन्ने एकिन जानकारी बाहिर ल्याएको छैन । तर, बजार माग अनुसार दुवै किसिमको ‘पावर ट्रेन’मा आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top