एनआइयूको इलेक्ट्रीक स्कुटर किन्दा ब्याट्री निःशुल्क

काठमाडौं । एनआइयू नेपाल आफ्नो लोकप्रिय स्कुटर ‘एनआइयू एफएक्स सिटी’ मा विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीले एनआइयू एफएक्स सिटी इलेक्ट्रीक स्कुटर खरिद गर्दा ब्याट्री निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।

कम्पनीका अनुसार शोरुम भिजिट गरेर स्कुटर किन्ने पहिलो ५० जना ग्राहकलाई निःशुल्क ब्याट्री पाउने छन् ।

कम्पनीका अनुसार एनआइयू एफएक्स सिटी स्कुटर अब १ लाख ९९ हजार रुपैयाँ सुरूआती मूल्यमा खरिद गर्न सकिने भएको छ ।

यो अफर सीमित अवधिका लागि काठमाडौं, ललितपुर र पोखरास्थित एनआईयूका आधिकारिक शोरुमहरूमा लागू हुने छ । विद्युतीय सवारीप्रति ग्राहकको आकर्षण बढ्दै गएको अवस्थामा कम्पनीले नयाँ योजना ल्याएको हो ।

एनआईयू एफएक्स सिटी आधुनिक डिजाइन, स्मार्ट फिचर तथा दैनिक प्रयोगका लागि उपयुक्त हुने देखिन्छ । यो स्कुटरले ८० किलोमिटर भन्दा बढि रेन्ज दिने कम्पनीले बताएको छ । यसमा २४०० वाटको मोटर जडान गरिएको छ भने यसको टप स्पीड ५५ किलोमिटर प्रतिघण्टा रहेको छ ।


Back_to_top