काठमाडौं । मारुती सुजुकीको सर्वाधिक बिक्री हुने कार मध्येको एक स्वीफ्ट हो । स्वीफ्ट प्रायः भारतमा हरेक महिना पाँच सर्वाधिक बिक्री हुने कारको सूचीमा रहेकै हुन्छ । नेपालमा पनि यसको बिक्री निकै लोभलाग्दो रहेको छ ।
भारतमा सन् २०१९ को अप्रिलमा स्वीफ्ट १५ हजार ७ सय ७६ वटा बिक्री भएको थियो । नेपालमा पनि यसको वार्षिक बिक्री करिब ७०० को हारहारीमा हुने गरेको छ ।
मारुती सुजुकी स्वीफ्ट चर्चित हुनुका विभिन्न कारणहरु छन् । ती मध्ये मुख्य ५ कारणबारे यहाँ उल्लेख गरिएको छ ।
१. बलियो ब्रान्ड नेम
मारुती सुजुकीले बजारमा स्वीफ्ट पहिलो पटक २००५ मा सार्वजनिक गरेको थियो । सुरुवातदेखि नै लोकप्रिय रहेको स्वीफ्ट पछि डिजायर नाममा समेत बिक्री हुनथाल्यो । त्यस पछि मारुती सुजुकी स्वीफ्ट र डिजायर ब्रान्डमा बिक्री हुँदै आएको छ । हाल बजारमा यी दुवै ब्रान्ड लोकप्रिय रहेका छन् ।
२. उच्च इन्धन बचत
मारुती सुजुकी स्वीफ्ट धेरै उपभोक्ताको रोजाईमा पर्नुको मुख्य कारण माइलेज अर्थात फ्युल इफिसियन्सी हो । यो कार १.२ लिटर पेट्रोल र १.३ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । त्यस्तै ५ स्पीड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसनमा पाइन्छ ।
एआरएआईले प्रमाणित गरे अनुसार डिजेल इन्जिनले २८.४ किलोमिटर प्रतिलिटर र पेट्रोल इन्जिनले २२ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
३. पिस अफ माइन्ड
धेरै मारती सुजुकी स्वीफ्ट चलाउनेहरुले यो कार चलाउँदा निक्कै आनन्द महसुस हुने बताएका छन् । विगत ३५ वर्षदेखि भारतमा सवारी बनाउँदै आएको भारतकै ठूलो कार कम्पनी मारुतीले कस्टुमर सेन्ट्रिक डिलरसिप र सर्भिस नेटवर्क बनाएका छन् । यसले पनि उपभोक्तालाई आन्दिन तुल्याएको हुनसक्छ ।
मारुती स्वीफ्टको रिसेल भ्यालू उच्च रहेको, धेरै माइलेज तथा सहज र सस्तोमा उपलब्ध स्पेयर पार्टले पनि उपभोक्ताई तोकेको हो ।
४. आकर्षक लुक्स
आकर्षक डिजाइन र लुक्स मारुती सुजुकी स्वीफ्टको राम्रो पक्ष हो । २००५ मा आएको पहिलो पुस्ताको स्वीफ्ट पनि निक्कै आकर्षक थियो । स्वीफ्ट स्पोर्टी र क्युट हुनु नै उपभोक्ता आकर्षित हुनुको कारण मानिन्छ ।
गत वर्ष आएको स्वीफ्टको नयाँ पुस्तालाई अझ आकर्षक बनाइएको छ । समान सेगमेन्टका अन्य ह्याचब्यक कारको तुलनामा मारुती सुजुकी स्वीफ्ट आकर्षक रहेको छ ।
५. भ्यालू फर मनि र राम्रो रिसेल भ्यालू
मारुती सुजुकी स्वीफ्टका मूल्य २९ लाख ४९ हजारदेखि ३२ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ । नेपालमा स्वीफ्ट दुई भेरियन्टमा उपलब्ध छ । आफूसँग भएको बजेट अनुसार स्वीफ्ट खरिद गर्न सकिन्छ ।
सुजुकीका सबै भेरियन्टमा स्ट्यान्डर्ड सुरक्षा विशेषता जस्तै एबीएस र डियुल फ्रन्ट एयरब्याग रहेको छ । हाइ इन्ड भर्सनमा अझ धेरै विशेषताहरु रहेका छन् । साथै, यसको रिसेल भ्यायू समेत निकै राम्रो रहेको छ ।


