काठमाडौं । भारतीय मोटरसाइकल ब्राण्ड बजाजले आफ्नो पल्सर एन सिरिजमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।
बजाजले एन १६० मोडल अन्तर्गत नयाँ भेरियन्टको भारतीय बजारमा बिक्री सुरू गरेको हो । कम्पनीले भारतीय बजारमा नयाँ भर्सन एन १६० मोटरसाइकलको इन्ट्रोडक्टरी प्राइस १ लाख २२ हजार भारु (एक्स शोरुम) तोकेको छ ।
पुरानो एन १६० को तुलनामा नयाँ भेरियन्टमा केही फिचरहरू थपिएका छन् । नयाँ भेरिएन्टमा गोल्डेन फिनिश सहितको ३७ एमएमको अपसाइड–डाउन गोल्ड युएसडी फोर्क, तीन मोडसहितको डुअल च्यानल एबीएस, असिस्ट एण्ड स्लिप क्लच, प्रोजेक्टर हेडल्याम्प र चार्जिङ पोर्ट जस्ता फिचरहरू थपिएको छ ।
नयाँ मोटरसाइकलले कन्फिडेन्ट ह्याण्डलिङ र डेलि कम्फर्टेबल राइडिङ अझै बढि प्रदान गर्ने कम्पनीले जनाएको छ । यसका अलावा नयाँ भेरियन्टमा सबै सेटअप पुरानै समान छ । मोटरसाइकलमा ब्लुटूथ कनेक्टिभिटीसहितको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ ।
पल्सर एन १६० मा १६४.८सीसीको एयर कुल्ड, सिंगल सिलिण्डर, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १५.७ बे्रकहर्स पावर र १४.६५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स छ ।


