होन्डाले दुई नयाँ हाइब्रिड कार बजारमा ल्याउने भएको छ । कम्पनीले होन्डा सिटी र होन्डा ज्याजलाई २०२० सम्ममा इलेक्ट्रीक भर्सनमा ल्याउने तयारी गरेको हो ।
कम्पनीका डायरेक्टर राजेश गोयलले आगामी दुई वर्षभित्र इलेक्ट्रीक भेहिकल बजारमा ल्याउनुपूर्व नै हाइब्रिड मोडल ल्याउने जानकारी दिएका हुन् ।
सन् २०१७ मा कम्पनीले यी मोडललाई हाइब्रिड भर्सनमा ल्याउने जानकारी दिएको थियो । कम्पनीले पहिला होन्डा ज्याजको हाइब्रिड मोडल र त्यसपछि मात्रै होन्डा सिटीको हाइब्रिड मोडल सार्बजनिक गर्ने जानकारी दिएको छ । यी दुबै मोडल फुल हाइब्रिड भर्सनमा आउनेछन् ।
नयाँ संस्करणको होन्डा सिटी २०२० मा सार्बजनिक हुनेछ । यो मोडल जापानसँगै एशियाका विभिन्न मुलुकमा बिक्री हुने कम्पनीले जनाएको छ ।
यसले मारुती सियाजको फुल हाइब्रिड भर्सनसँग प्रतिस्पर्धा गर्ने यो मोडलले राम्रो बजार लिने कम्पनीले विश्वास लिएको जनाएको छ ।

