काठमाडौं । हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड संचालनमा ल्याएको छ ।
बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड युनियन पेसँगको सहकार्यमा उक्त सेवा सुरू गरेको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र युनियन पे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइले उक्त कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।
बैंकले ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरूवात गरेको हो ।
सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा (सीएनवाइ)मै सहज भुक्तानी गर्न सक्ने छन् ।
अब चीन भ्रमणमा जाने विद्यार्थी, व्यवसायी, पर्यटकले नेपाल राष्ट्र बैंकले तोकेको सीमासम्मको रकम युनियन पे आरएमबी कार्डमा लोड गर्न सक्नेछन् । सोही कार्ड मार्फत चीनमा युनियन पेको संजालमा आबद्ध अलि पे, वीच्याट पे, निहाओ चाइना जस्ता क्यूआर र अन्य माध्यमा समेत सीएनवाइमै भुक्तानी गर्न सक्नेछन् ।
यसले ग्राहकलाई अन्य उपकरणको तुलनामा मितव्ययी र सर्व स्वीकार्य हुने बैंकले जनाएको छ ।


