यामाहाको एमटी-१५ भारतीय बजारमा सार्वजनिक भएको केही समयसम्म अपेक्षित व्यापार गर्न नसकेको भएपनि हाल यसको भारतीय बजारमा उच्च माग रहेको छ ।
अहिले यो बाइक मासिक ४ हजार युनिट बिक्री भइरहेको छ । यस अघि दुई कलर अप्सनमात्र रहेको यो बाइक अब भने ग्राहकले पाँच कलरमा छान्न सक्नेछन् । एमटी-१५ लाई कम्पनीले थप तीन नयाँ कलर अप्सनमा सार्वजनिक गरेको छ ।
अब भारतीय बजारमा सेतो, रातो, निलो, म्याट ब्ल्याक र म्याट ब्लु कलर अप्सनमा एमटी-१५ उपलब्ध भएको हो ।
भारतीय बजारमा यामाहाले एमटी-१५ का ग्राहकलाई एमटी बाण्डेड हेल्मेट र राइडिङ ज्याकेट समेत निःशुल्क प्रदान गर्दै आएको छ ।
भारतीय बजारमा सार्वजनिक भएको एमटी-१५ मा टेलिस्कोप र्फक प्रयोग गरिएको छ, जसले भारतीय बजारमा यसको मूल्यलाई प्रतिस्पर्धात्मक बनाएको कम्पनीले दाबी गरेको छ । भारतीय बजारमा यसको एक्स सोरुम मूल्य १ लाख ३६ हजार भारु रहेको छ ।
यो बाइकमा रहेको १५५ सीसी लिक्वीड कुल्ड सिगंल सिलिन्डर इन्जिनले १९ बिएचपी तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा आर-१५ भी ३ कै भिभिए टेक्नोलोजि प्रयोग गरिएको छ ।
सिक्स स्पीडको गियर बक्स, स्लिपर कल्च, सिगंल च्यानल एबीएस, फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट जस्ता फिचर रहेका छन् ।
नेपाली बजारमा भित्रने तयारीमा रहेको यो बाइक सबै कलरमा नेपाली बजारमा भित्रने अनुमान गरिएको छ । नेपाली बजारमा समेत यो बाइक प्रतिक्षित मोडलको रुपमा रहेको छ । नेपाली बजारमा यो बाइक भित्रदा ४ लाख २५ हजार मूल्य पर्ने अनुमान गरिएको छ ।

