प्रतिस्पर्धी ४ कम्प्याक्ट एसयूभीलाई भेन्यूको धक्का, यस्तो छ बिक्री तथ्यांक

कम्प्याक्ट एसयूभी सेगमेन्टमा सवारी उत्पादकहरुबीच तीब्र प्रतिस्पर्धा रहेको छ । यसलाई पुष्टि भारतमा २०१९ को मेमा भएको बिक्री तथ्यांकले पनि देखाउँछ । सार्वजनिक भएको पहिलो महिनामा हुन्डाईको कम्प्याक्ट एसयूभीले प्रतिस्पर्धीहरुलाई ठूलै धक्का दिएको छ । 

२०१९ मेमा हुन्डाईले ७ हजार ४९ वटा भेन्यू बिक्री गर्दा यस अघि सेगमेन्टकै सर्वाधिक बिक्री हुने मारुती सुजुकीको भिटारा ब्रेजा ८ हजार ७ सय ८१ मा सीमित भएको छ । गत वर्षको साही अवधिमा १५ हजार ६ सय ९२ वटा ब्रेजा बिक्री भएको थियो । 

मारुती ब्रेजा र हुन्डाई भेन्यू पछि तेस्रो स्थानमा रहेको महिन्द्रा एक्यूभी–३०० ०१९ मेमा ५ हजार १ सय १३ वटा बिक्री भएको तथ्यांक छ । महिन्द्राको यो एसयूभी पनि केही महिना अघिमात्र बजारमा आएको थियो । सुरुवाती दिनदेखि नै यसको बिक्री क्रमिक रुपमा बढ्दै गएको छ । चौथो स्थानमा रहेको टाटा नेक्सन गत वर्षको मेको तुलनामा बिक्री ५ प्रतिशतले बढेर ४ हजार ५ सय ६ वटा पुगेको छ । 

पाँचौं स्थानमा रहेको फोर्ड इकोस्पोर्टको बिक्री गत वर्षको भन्दा २८ प्रतिशतले घटेर ३ हजार ६ सय ४ मा सीमित भएको छ । त्यस्तै छैटौं स्थानमा होन्डाको डब्लूआरभी रहेको छ । यो कार ०१९ को अप्रिलमा १ हजार ५ सय २० वटा बिक्री भएको छ । गत वर्षको सोही अवधिमा होन्डा डब्लूआरभी १ हजार ९ सय ६२ वटा बिकेको थियो । 

सूचीको सातौं स्थानमा महिन्द्रा टीयूभी–३०० रहेको छ । यो गाडी ०१८ मा १ हजार ९ सय ३९ वटा बिकेकोमा यो वर्षको मेमा १ हजार ३ सय ९३ वटामात्र बिक्री भएको तथ्यांक सार्वजनिक भएको छ । 


Back_to_top