‘टिआरए’ रिपोर्ट: जीप भारतको सबैभन्दा विश्वसनिय ब्रान्ड, यस्तो छ टप टेन सूची

काठमाडौं । ट्रस्ट रिसर्च एड्भाइजरी (टिआरए)ले प्रकाशित गरेको ‘ब्राण्ड ट्रष्ट रिर्पोट २०१९’ का अनुसार भारतको सबैभन्दा बिश्वसनिय अटो ब्राण्ड (चार पाङ्ग्रे) सवारीमा जीप पहिलो स्थानमा परेको छ । जीप ब्राण्डले भारतमा जीप कम्पास, जीप र्‍याङ्गलर र जीप ग्राण्ड चेरोकीको माध्यमबाट आफ्नो उपस्थिति जनाइरहेको छ । भारतमा एफसीए (फियाट क्रिस्लर अटोमोबाइल्स) ले जीपका गाडीहरु उत्पादन गर्दै आएको छ । जीपपछि दोस्रो स्थानमा भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी रहेको छ ।

कम्पास भारतमा सबैभन्दा बढी बिक्री हुने जीपको एसयुभी हो । कम्पासमा रहेको १.४ लिटर मल्टी एयर पेट्रोल इन्जिनले १६३ बीएचपी र २५० एनएम टर्क उत्पादन गर्छ । साथै, ६-स्पीड म्यानुअल गियरबक्स र ७–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । 

जीप कम्पासको २ लिटर भेरियन्टमा मल्टीजेट डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले १७३ बीएचपी र ३५० एनएम टर्कको उत्पादन गर्छ । 

हाल जीप कम्पास ५ बिभिन्न भेरियन्टमा उपलब्ध रहेको छ । ति स्पोर्ट, स्पोर्ट प्लस, लङगिट्युड, लिमिटेड र लिमिटेड प्लस हुन् । जीप कम्पास ट्रेलहक भने भारतमा २०१९ को जुलाई महिनामा लञ्च हुने संभावना रहेको छ । 

उता, मारुती सुजुकीको लाइनअपमा भने अल्टो, वागेन आर, स्वीफ्ट, डिजायर, भिटारा ब्रिजा, बलेनो र सियाजजस्ता रहेका छन् । 

मारुती सुजुकी भारतको बिक्री सन् २०१९ को मे महिनामा २२ प्रतिशत ले घटेको छ । कम्पनीले उक्त महिनामा १ लाख ३४ हजार ६ सय ४१ युनिट गाडी बिक्री गरेको थियो । साथै, कम्पनीले ‘बिएस ६ इमिसन नम्र्स’ लागु भए पश्चात् मारुती सुजुकी स्रोतका अनुसार १.३ डिजल मोटरमा गाडी नबनाउने निर्णय गरेको छ । 

रिर्पोटका अनुसार तेस्रो बिश्वसनिय ब्राण्डमा हुन्डाई रहेको छ भने फोर्ड र होण्डा क्रमश चौथो र पाँचौं स्थानमा रहेका छन् । यसैगरी टाटा छैठौं, टोयोटा सातौं, महिन्द्रा आठौं, निसान नवौं र हिन्दुस्तान मोर्टस दशौं स्थानमा रहेका छन् । 


Back_to_top