टाटाका कारमा अविश्वसनिय अफर गर्दै सिप्रदी अस्योर्ड

काठमाडौं । नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको सह–कम्पनी सिप्रदी अस्योर्डले पुराना गाडीको सट्टा पट्टा तथा बिक्री गर्दै आएको छ । प्रालिले जुनसुकै कम्पनी र ब्रान्डका गाडी ग्राहकबाट खरिद गरि उपयुक्त मूल्यांकन सहित ग्राहकले किन्न चाहेको टाटाको नयाँ गाडीसँग एक्सचेन्ज तथा पुरानो गाडीको बिक्री गर्दैै आएको छ ।

सिप्रदी अस्योर्डको उप महाप्रबन्धक धुव्र रेग्मीका अनुसार कम्पनीले सन् २०११ बाट पुरानो कार बिक्री गरि नयाँ कार चढ्न चाहने ग्राहकलाई उपयुक्त वातावरण निर्माण गरेको बताए । ‘प्रालिको उद्देश्य टाटाको ब्रान्डलाई प्रचार गर्नुमात्रै नभई ग्राहकको कार चढ्ने रहर पुरा गर्नु हो । हामीले अन्य रिकन्डिशन हाउसको तुलनामा सेकेन्ड ह्यान्ड गाडीको उत्कृष्ट मूल्यांकन गर्दै आएका छौं,’ रेग्मीले मेरोअटोसँग भने,  ‘यसले कार चढ्न चाहनेहरुको रहर पुरा गरेको छ । पुरानो कार सट्टापट्टा गर्न चाहानेलाई नयाँ कार चढ्ने वातावरण मिलाएको छ ।’ 

 नयाँ कारमा जस्तै सेकेन्ड ह्यान्ड कारमा पनि वारेन्टी, ग्यारेन्टी, छुट, उत्कृष्ट फाइनान्सिङ सुविधा प्रदान गर्दै आएको उनको दाबी छ । 

कम्पनीले टाटाका अलवा अन्य कम्पनी र ब्रान्डका सेकेन्ड ह्यान्ड कार बिक्री गर्दै आएको छ । दुई पांग्रे सवारीबाट चार पांग्रे सवारी चढ्ने सपना बुनेका मानिसलाई यसले राहत प्रदान गरेको उनको बुझाई छ । आर्थिक वर्ष २०७५/७६ मा सिप्रदीले देशभरका डिलसिपबाट ५ सयको हाराहारीमा सेकेन्ड ह्यान्ड गाडी बिक्री गरेको उनले बताए । 

सेकेन्ड ह्यान्ड कार बिक्री गरि नयाँ कार खरिद गरेका ग्राहकबाट हालसम्म राम्रो प्रतिक्रिया आएको उनले बताए । यसरी लिइएका सेकेन्ड ह्यान्ड गाडीलाई मर्मत संभार गरि विभिन्न मेला, इभेन्टमार्फत बिक्री विरतण गर्ने गरिन्छ ।

कम्पनीले २०७५ को जेठ ११ र १२ गते आयोजना गरेको अक्सन मेलामा सेकेन्ड ह्यान्ड गाडिको बिक्री गरेको थियो । 

प्राय मध्यम वर्गीय ग्राहकले सेकेन्ड ह्यान्ड खरिद गर्न आउने गरेको रेग्मी बताउँछन् । उनी भन्छन्, ‘प्राय बजेटको कारण नयाँ कार खरिद गर्न नसक्ने तर कार चढ्ने रहर बोकेकाहरु सेकेन्ड ह्यान्ड कार खरिद गर्ने आउने गर्छन । यतिमात्रै नभई, कार चलाउन सिक्दै गरेकाहरुले पनि सेकेन्ड ह्यान्ड कार खरिद गर्ने गर्छन् । ’समग्रमा, भन्नुपर्दा सेकेन्ड ह्यान्ड कार खरिद गर्न चाहने ग्राहकको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । उनले आकर्षक फाइनान्सिङ सुविधा, उत्कृष्ट मूल्यांकलनका कारण पनि सिप्रदीबाट सेकेन्ड ह्यान्ड कार खरिद गर्न चाहने ग्राहकको संख्या बढ्दै गएको बताएका छन् । 

सेकेन्ड ह्यान्ड कारको लागि यस्तो छ फाइनान्सिङ सुविधा

कम्पनीको होम ग्राउन्डमा संचालित सिप्रदी हायर पर्चेजले पनि सेकेन्ड ह्यान्ड गाडीको खरिदको लागि फाइनान्सिङ सुविधा प्रदान गर्दै आएको छ । रेग्मीले ८ वर्ष पुरानो कार ५० प्रतिशत डाउनपेमेन्टमा बिक्री गर्ने गरेको जानकारी दिए । यस्तै, ८ वर्षभन्दा पुराना कारको लागि भने बैंकसँग सहकार्य गर्ने गरेको उनले बताए । नयाँ कारमा जस्तै सेकेन्ड ह्यान्ड कारमा पनि वारेन्टी, ग्यारेन्टी, छुट, उत्कृष्ट फाइनान्सिङ सुविधा प्रदान गर्दै आएको उनको दाबी छ । 

नेपालमा सेकेन्ड ह्यान्ड गाडीको बजार विस्तार हुदै गएको बताउँदै रेग्मीले सरकारले सेकेन्ड ह्यान्ड गाडीको बिक्रीका लागि नयाँ कारको जस्तै नीति, नियम बनाउनु पर्ने बताए । बजार विस्तार भएसंगै अन्य कम्पनीले पनि रिकन्डिशन गाडी बिक्रीलाई संस्थागत ढंगबाट अगाडि बढाउनुपर्ने उनको भनाई छ । 

कारको नामसारी गर्दा ब्रोकर मार्फत गर्नुपर्ने बताउँदै उनले उत्कृष्ट डकुमेन्टशन अनुसार बिक्री गर्नुपर्ने बताएका छन् । सेकेन्ड ह्यान्ड गाडी बिक्रीकै लागि रिकन्डिशन बिक्रेताहरुको छाता संगठन निर्माण गरि उचित नीतितय गर्नुपर्ने उनको भनाई छ । उनले सिप्रदीले सेकेन्ड ह्यान्ड कार बिक्रीको लागि  केही समयपछि मेलाको आयोजना गर्ने जानकारी दिएका छन् । 


Back_to_top