काठमाडौं । निसानको आधिकारिक बिक्रेता पोयोनियर मोटोकर्पले नयाँ एसयूभी नेपालमा बिक्री थाल्ने भएको छ । कम्पनीले साउन २६ गतेबाट आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ बाट नयाँ एसयूभी बिक्री थाल्न लागेको हो ।
निसानले ग्राभिटी नामबाट भारतमा बिक्री गरिरहेको एसयूभी मोबिलिटी एक्स्पोमा नेपाल ल्याउन लागिएको हो । ‘सीएमएफ ए प्लस प्लेटफर्म’मा बनेको ५ र ७ सिट क्षमताको एसयूभी ४ मिटरभन्दा केही छोटो छ ।
नयाँ एसयूभी ग्राभिटीको फ्रन्ट लुक र पछाडिको भाग पनि निकै मोर्डन डिजाइनमा तयार भएको छ । यसमा निकै स्टाइलिस अलोय ह्वील, मोर्डन बम्पर, विल्कुलै नयाँ फ्रन्ट ग्रिल प्रयोग भएको छ ।
ग्राभिटी मोडलको पछाडिको भाग विल्कुलै नयाँ टेल लाइट दिइएको छ । दुई लाइटको बीचमा निसानको लोगो र त्योभन्दा तल्लो भागमा ग्राभिटीको ब्याचिङ देख्न पाइन्छ ।

निसानले ग्राभिटीको ड्यासबोर्डमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र चालकको लागि सूचना प्रदान गर्न ७ इन्चको सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । कारमा वायरलेस चार्जर, पुस बटम स्टार्ट/स्टप बटम, पार्किङ सेन्सर, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर सिस्टम, रियर भ्यू क्यामेरा, ६ एयरब्याग रहने छ ।
निसानले ग्राभिटी एमपीभीमा १.० लिटर थ्री सिलिण्डर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन रहने छ । जसले ७६ हर्सपावर र ९५ न्युटन मिटर टर्क प्रदान गर्छ ।

ग्राभिटी ५ स्पीडको म्यानुअल र ईजेड शिफ्ट अटोमेटिक गियर बक्स अप्सनमा उपलब्ध छ । अटोमेटिक भेरियन्टले प्रतिलिटर १९.६ किलोमिटर र म्यानुअलले १९े३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।


