काठमाडौं । सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने भएको छ । नेपालमा सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले ल्याएको विशेष अफरमा यस्तो सुविधा पाइने भएको हो ।
कम्पनीका अनुसार यो फाइनान्स सुविधा असार ३ गतेदेखि देशभरका सुजुकीको आधिकारिक शोरुमहरूमा लागू हुनेछ ।
कम्पनीका अनुसार ग्राहकले सुजुकी ब्राण्डको जिक्सर १५५ मोटरसाइकल तथा स्कुटर अन्तर्गत एक्सेस, एभीनिस र बर्गम्यान मोडल शून्य प्रतिशत ब्याजदर फाइनान्स सुविधामा खरिद गर्न सक्ने छन् । हाललाई यो सुविधा सुजुकी भीस्ट्रोम मोटरसाइकलमा भने लागू गरिएको छैन ।
ग्राहकले यो सुविधामा जिक्सर र अन्य तीन मध्य कुनै स्कुरट खरिद गर्न सुरूमा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । बाँकी रकम १ वर्ष भित्र किस्ताबन्दीमा तिर्नुपर्नेछ । यसमा कुनै ब्याज र अन्य फाइनान्स शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ ।
यस फाइनान्स अफरमा सुजुकीको मोटरसाइकल वा स्कुटर किन्न ग्राहकले आफ्नो ड्राइभिङ लाइसेन्स, नागरिकता, बिजुली वा पानीको बिल, एकजना ग्यारेन्टर र आम्दानी स्रोत खुलाउने कागजात पेश गर्नुपर्नेछ ।


