१ गोल हान्दा जिली ईएक्स फाइभमा १ लाख छुट पाइने

काठमाडौं । नेपालका लागि जिली ईएक्स फाइभ र बीएडब्लूको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सुरू गरेको छ ।

कम्पनीले फिफा विश्वकप २०२६ को अवसरमा ग्राहकमुखी अभियान सुरु गरेको हो । कम्पनीका अनुसार जिली ईएक्स फाइभ खरिद गर्ने ग्राहकले पेनाल्टी सुट आउटमा हान्ने प्रत्येक १ गोल बापत १ लाख रुपैयाँ नगद छुट पाउने छन् ।

त्यसैगरी, बीएडब्लू ई सेभेन प्रो खरिद गर्ने ग्राहकहरूले प्रत्येक गोलबापत २५ हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जिली तथा बीएडब्लूका बिक्री प्रतिनिधिहरूमध्ये एक जनाले गोलकिपरको भूमिका निर्वाह गर्ने छन् । जहाँ ग्राहकले पेनाल्टी सुटआउटमा सहभागी भई गोल गर्न सक्नेछन्। ग्राहकले पेनाल्टी सुटआउटमा जति गोल गरे, त्यति लाख रुपैयाँ नगद छुट पाउने छन् ।

आजदेखि काठमाडौंको गैरीधारास्थित जिली शोरुममा सुरु भएको यो अभियान असार ९ गतेसम्म संचालन हुनेछ । ग्राहकलाई सवारी खरिद प्रक्रियामा थप सहभागी, रोचक तथा प्रतिफलमूलक अनुभव प्रदान गर्ने उद्देश्यले यो अभियान आयोजना गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकले जिली ईएक्स फाइभ खरिदमा आकर्षक नगद छुटका अतिरिक्त १ वर्षको अटो प्लस बीमा, १ वर्षको वार्षिक सवारी कर, निःशुल्क टु इन वान एडाप्टेबल चार्जर समेत प्राप्त गर्नेछन्। साथै, भेहिकल टु लोड कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर र पर्याप्त पार्किङ सुविधा समेत उपलब्ध गराइएको छ।

त्यस्तै, ग्राहकहरूले सुपर एक्सचेन्ज क्याम्प अन्तर्गत आकर्षक एक्सचेन्ज लाभ, सवारी मूल्यांकन सेवा तथा विशेष अफरहरूको समेत लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्पमार्फत खेल भावना सवारी खरिद यात्रामा पनि उतार्ने प्रयास गरिएको बताए ।

‘फुटबल एउटा यस्तो खेल हो जसले उत्साह, जोश र उपलब्धिमार्फत मानिसहरूलाई एकताबद्ध बनाउँछ। जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्पमार्फत हामीले यही भावना सवारी खरिद यात्रामा पनि उतार्ने प्रयास गरेका हौं,’ उनले भने ।

उनका अनुसार यस अभियानले ग्राहकहरूलाई रमाइलो गर्ने, आफ्नै क्षमता परीक्षण गर्ने तथा उल्लेखनीय बचत हासिल गर्ने अवसर प्रदान गर्नेछ। ‘चाहे प्रिमियम जिली ईएक्स फाइभ होस् वा व्यवहारिक बीएडब्लू ई सेभेन प्रो, प्रत्येक गोलले ग्राहकका लागि थप मूल्य र बचत सुनिश्चित गर्दछ,’ उनले भने ।

उन्नत प्रविधि, प्रिमियम आराम, बुद्धिमान सुरक्षा प्रणाली तथा उत्कृष्ट ड्राइभिङ रेन्जका कारण जिली ईएक्स फाइभले नेपालका विद्युतीय एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। त्यसैगरी, निकट भविष्यमा नेपाली बजारमा सार्वजनिक हुन लागेको बीएडब्लू ई सेभेन प्रो व्यवहारिक, किफायती तथा वातावरणमैत्री यातायात समाधान खोजिरहेका ग्राहकहरूका लागि आकर्षक विकल्प बन्ने कम्पनीको अपेक्षा छ ।


Back_to_top