सिन्डिकेट हटाउने विभागका महानिर्देशकलाई नै यातायात मन्त्रीले हटाए

काठमाडौं । सिन्डिकेट अन्त्यका लागि दिलोज्यान दिएर लागि परेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालय बोलाउने निर्णय गरेका छन् । 

सिन्डिकेट अन्त्यका लागि अझै धेरै काम गर्न बाँकी रहेकै अवस्थामा भट्टराइलाई हटाइनु रहस्यमय देखिएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मन्त्रीले हिजो राती महादिर्नेशक हटाउने निर्णय गरेका हुन् । 

सिन्डिकेट अन्त्यको प्रयास हुँदादेखि नै मन्त्री महासेठ महानिर्देशक भट्टराइसँग असन्तुस्ट हुँदै आएका थिए । मन्त्री वार्ताबाट समस्या समाधान गर्न पर्छ भन्थे भने, महानिर्देशक भट्टराई कानुनमा भएको व्यवस्था कार्यान्यन गर्न छलफल आवश्यक नपर्ने बताउँथे । 

भटट्टराइले गत चैतमा नयाँ कार्याविधि ल्याएर सिन्डिकेट अन्त्यका प्रयास थालेका थिए । अहिले यातायात समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था खारेज भइसकेको छ भने यातायात सेवा संचालकहरु अनिवार्य कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आउन बाँकी छ । 

यसको व्यवस्थापनका लागि दरो नेतृत्व आवश्यक पथ्र्यो । तर अब मन्त्रीको फेवरको महानिर्देशक आउँदा सिन्डिकेट अन्त्यको प्रयास विफल हुने त होइन भन्ने प्रश्न उब्जिएको छ ।


Back_to_top