कान्ति लोकपथमा राति सवारी साधन चलाउन रोक

फाइल तस्बिर ।

काठमाडौं । कान्ति लोकपथमा दुई दिन रातिमा सवारी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले मंगलबार एक सूचना जारी गर्दै कान्ति लोकपथ असार १६ र १७ गते बेलुका ५ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म सवारी संचालनमा रोक लगाइएको जानकारी गराएको हो ।

प्रशासनले उक्त समयमा कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन आग्रह समेत गरेको छ । हाल मुलुकभर मनसुन सक्रिय रहेको अवस्थामा कुनै पनि समयमा विपद्को अवस्था सृजना हुन सक्ने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०८३ असार १४ को आवश्यक सतर्कता अपनाउने सम्बन्धी सूचना बमोजिम विपदजन्य घटनाबाट राजमार्गमा हुन सक्ने क्षति न्यूनीकरणका लागि सवारी संचालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

‘…कान्ति लोकपथ राजमार्ग हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक÷निजी यात्रुवाहक सवारी साधनलाई मिति २०८३।०३।१६ गते साँझ ५ः०० बजेदेखि मिति २०८३ असार १७ बिहान ५ः०० बजेसम्म, र मिति २०८३ असार १७ गते साँझ ५ः०० बजेदेखि मिति २०८३ असार १८ गते बिहान ५ः०० बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन पुर्ण रुपमा बन्द गरिएको व्यहोरा यसै सूचना द्वारा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ।


Back_to_top