काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रीक सेग्मेन्ट भिडा अन्तर्गत नयाँ इलेक्ट्रीक मोटरसाइकल निर्माणका लागि पेटेन्ट फाइल दर्ता गरेको छ । कम्पनीले भारतमा भिडा नोभुस रेन्जबाट निर्माण हुन लागेको ‘नेक्स टू’ इलेक्ट्रीक ट्राइकको पेटेन्ट सार्वजनिक गरेको हो ।
भिडाले ट्राइ ह्वीलर अर्थात तीन पाँगे्र डिजाइनमा आधारीत नयाँ इलेक्ट्रीक मोटरसाइकल बनाउने भएको हो । कम्पनीले इक्मा २०२५ मा पहिलो पटक देखाइएको भिडा नेक्स टू कन्सेप्ट मोडलको निर्माण गर्नका लागि पेटेन्ट डिजाइन दर्ता गराएको हो ।
इक्मामा कन्सेप्ट मोडलका रूपमा देखिएको भिडा नेक्स टू ट्राइ ह्वीलर अब निर्माणका लागि कम्पनीले तयारी थालेको हो । नेक्स टू एउटा कम्प्याक्ट इलेक्ट्रीक सेल्फ ब्यालेन्सिङ ट्राइक (तीन पाँग्रे ईभी साधन) हो । यो मोटरसाइकल विषेशगरी सहज अर्बान मोबिलिटी र सुरक्षित यात्राका लागि डिजाइन गरिएको हो ।
नेक्स टू ट्राइकमा अगाडि दुई र पछाडि एक टायर दिइएको छ । यसको अगाडिको टायरले स्ट्याब्लिटी बढाउने काम गर्छ । पछाडिको टायर भने कम्प्याक्ट रियर प्रोफाइलमा सेटअप देखिन्छ ।
ट्राइक फ्युचरस्टिक कर्भि बडी डिजाइनमा छ । यसमा दिइएको ठूलो विन्ड स्क्रीन, सर्कल आकारको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रोबुस्ट ग्र्याबरेल, कम्प्याक्ट टेल सेक्सन, सार्प एलईडी हेडलाइट, डिस्कब्रेक र भी सेप्डको अलोय ह्वीलले मोटरसाइकललाई निकै उत्कृष्ट बनाउँछ ।
यसको सबैभन्दा राम्रो पक्ष सेल्फ ब्यालेन्सिङ टेक्नोलोजी हो । यसले कम स्पीड वा ट्राफिक स्टपमा आफै ब्यालेन्स गर्नुका साथै राइडरलाई सहजता र कर्नरिङमा पनि दुईपाँग्रेले जतिकै लिनिङ क्यापासिटी दिन्छ ।
यसका अलावा कम्पनीले अन्य जानकारी आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । तर, सेग्मेन्ट प्रिमियम मोडलका रूपमा बजारमा आउने ट्राइकमा हाई टर्क इलेक्ट्रीक मोटर, डाइरेट ड्राइभ अटोमेटीक सेटअप, निकै रेन्ज प्रदान गर्ने लिथियम आयन ब्याट्रीप्याक, फास्ट चार्जिङ सपोर्ट सुविधासँगै अन्य धेरै एड्भान्स फिचरहरु हुने अनुमान गर्न सकिन्छ ।
ब्याट्रीको प्लेस्मेन्ट लो सेन्टर अफ ग्रभिटी बनाउन ब्याट्री सेटअप तल राखिने छ । जसले स्ट्याबलिटी सुधार गर्छ भने राइडिङ पोस्चर अलि कमिटटेड हुने छ । यसले ट्राफिकमा क्विक म्यानओभरिङ गर्न सहयोग गर्छ ।


