काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको घटाएसँगै अधिकांश निजी पेट्राल पम्पहरू बन्द भएका छन् ।
पम्प संचालकहरूले निगमले एकैपटक धेरै मूल्य घटाएको भन्दै विरोध स्वरूप पेट्रोल पम्पहरू बन्द गरेका हुन् । उनीहरूले आफ्नो व्यवसायिक धर्म भुल्दै उपभोक्तालाई दुःख दिन र सरकारसँग बार्गेनिङ गर्न नियतवश पेट्रोल पम्प बन्द गरेका हुन् ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टीतेलको प्रतिलिटर ३० रुपैयाँ, हवाइर्ले इन्धन (आन्तरिक) प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने ग्यासको प्रतिसिलिण्डर १०० रुपैयाँ घटाएको थियो ।
काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द भएपछि सरकारी पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, साझाको पेट्रोलपम्पमा सवारी साधनको लामो लाइन लागेको छ ।
मूल्य बढ्दा मनग्ये नाफा कमाउँदै आएका पम्प संचालकहरूले भाउ घट्ने बित्तिकै गैरजिम्मेवारी बन्दै पम्प बन्द गरेका हुन् । अत्यावश्यक सेवा बन्द गर्दा पनि सरकारले भने एक्सन लिन सकेको देखिँदैन । नेपाल आयाल निगमले अनुगमन टोलि खटाए पनि अहिलेसम्म कुनै पम्पलाई कारबाही भएको जानकारी आएको छैन ।


