एकैपटक २५८० रुपैयाँसम्म घट्यो हवाई भाडा, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार (असार १७ )देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निगमले बुधबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएको थियो । सो सँगै क्यानले हवाई भाडामा लाग्ने फ्युल सरचार्ज घटाएको हो । फ्युल सरचार्ज घटेसँगै हवाई भाडा पनि सस्तिएको छ । फ्युल सरचार्जमा अन्य शीर्षकहरू थप गरी कुल भाडा तय गरिन्छ ।

हवाई भाडादर फ्युल सरचार्जका आधारमा एकैपटक २५८० रुपैयाँसम्म सस्तिएको छ । विराटनगर– धनगढी रुटको भाडादर १७ हजार ३२५ रुपैयाँ रहेकोमा अब १४ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेपालगन्ज–भद्रपुर रुटमा २३३५ रुपैयाँ सस्तिएको छ । यस रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँ कायम भएको छ ।

विराटनगर–नेपालगंज रुटमा २१५० रुपैयाँ, सिमरा–धनगढी २०३०, काठमाडौं–धनगढी १७६५ रुपैयाँ, काठमाडौं सुर्खेत १३८० रुपैयाँ, पोखरा–विराटनगर १४२५ रुपैयाँ, जनकपुर धनगढी २२०० रुपैयाँ, जनकपुर–नेपालगंज १७७० रुपैयाँ, भैरहवा–भद्रपुर १७६० रुपैयाँ सस्तिएको छ ।

काठमाडौं–माउन्टेन फ्लाइटमाको फ्युल सरचार्ज ९ हजार २३५ रुपैयाँ रहेकोमा ७ हजार ८६० रुपैयाँमा झरेको छ ।


Back_to_top