सीजी मोटर्सले बढायो हिरोका ९ मोडलको मूल्य, कुनमा कति ?

काठमाडौं । नेपाली बजारमा हिरोका ९ मोडलका मोटरसाइकल र स्कुटरको मूल्य बढेको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले मोटरसाइकल र स्कुटरको मूल्य ४ हजार रुपैयाँसम्म बढाएको हो ।

सार्वजनिक नयाँ मूल्य सूची अनुसार हिरो एक्सट्रिम १६० आर ओबीडी २ को मूल्य सबैभन्दा धेरै ४ हजार रुपैयाँ बढेको छ । यसअघि ४ लाख २३ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको एक्सट्रिम १६० आर ओबीडी २ को मूल्य अब ४ लाख २७ हजार ९०० रुपैयाँ पुगेको छ।

त्यस्तै, स्प्लेण्डर प्लस बीएस ६, सुपर स्प्लेण्डर बीएस ६ र एक्स्ट्रीम १२५ आर एबीएस ओबीडी टूमा २ हजार रुपैयाँले मूल्य बढाएको छ । अब स्प्लेण्डर प्लस बीएस ६ को नयाँ मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ, सुपर स्प्लेण्डर बीएस ६ को २ लाख ७० हजार ९०० रुपैयाँ र एक्स्ट्रीम १२५ आर एबीएस ओबीडी टूको ३ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

कम्पनीले एक्सपल्स २०० फोरभी ओबीडी टू र एक्सपल्स २०० फोरभी प्रो ओबीडी टूमा पनि ३ हजार रुपैयाँ मूल्य बढाएको हो । मूल्य बढेपछि एक्सपल्स २०० फोरभी ओबीडी टूको नयाँ मूल्य ५ लाख २ हजार ९०० रुपैयाँ र एक्सपल्स २०० फोरभी प्रो ओबीडी टूको ५ लाख २६ हजार ९०० रुपैयाँ भएको छ ।

त्यसैगरी, कम्पनीले जुम स्कुटर तर्फ पनि जुम १२५ आर र ११० सीसी सेग्मेन्ट जुमको दुई भेरियन्टमा ३ हजार रुपैयाँले नै मूल्य बढाएको छ । जुम १२५ आरको नयाँ मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ भएको छ । जुम ११० सीसी जुमको कम्ब्याट ओबीडी टू र जेडएक्स डिस्क ओबीडी टूको समान २ लाख ७९ हजार ९०० रुपैयाँ पुगेको छ ।


Back_to_top