नयाँ इन्जिनमा मारुती सुजुकी स्विफ्ट र वागेन-आर

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा नयाँ इमिशन मापदन्ड बिएस–६ अनुरुपको इन्जिनमा स्विफ्ट सार्वजनिक गरेको छ । साथै, कम्पनीले वागेन–आर पनि नयाँ इन्जिनमा ल्याएको छ । 

यी दुबै कारमा डबल एयरब्याग, एबीएस इबीडी, रियर पार्किङ सेन्सर, सिटवेल्ट रिमाइन्डर, हाइ स्पीड अलर्ट लगायतका विविध विशेषता दिइएको छ । 

नयाँ इन्जिन सहित आएको स्विफ्टको लो भेरियन्टको मूल्य ५ लाख १४ हजार भारु तोकिएको छ भने, हाइ भेरियन्टको मुल्य ८ लाख ८९ हजार भारु रहेको छ । त्यस्तै, वागेन–आर १.२ लिटर पेट्रोल भर्सन अन्तर्गत लो भेरियन्टको मूल्य ५ लाख १० हजार भारु तोकिएको छ भने हाइ भेरियन्टको मुल्य ५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

यी दुबै मोडलमा एउटै इन्जिन दिइएको छ । यसमा रहेको के१२बी पेट्रोल इन्जिनले ८३ बिएचपी पावरका साथै ११५ एनएम टर्क उत्पादन गर्छ । दुबै कारमा समान पाँच स्पीड गियरबक्स र अप्सनल एएमटी गियरबक्स दिइएको छ । 

इन्जिनका अलवा दुबै कारमा उपलब्ध कुनै पनि विशेषता परिवर्तन गरिएको छैन । भारत सरकारले २०२० को अप्रिल १ बाट नयाँ इमिशन मापदन्ड बिएस–६ लागु गर्नेभएसँगै सुजुकीले यी दुबै कारमा उपलब्ध इन्जिनलाई अपग्रेड गरेको हो ।


Back_to_top