टिजर सार्वजनिक गर्दै सिप्रदी-यात्रीको संकेत, P2 स्कुटर अब लन्च नजिक

काठमाडौं । सिप्रदी यात्रीले तयार पारेको पहिलो नेपालमा बनेको इलेक्ट्रीक स्कुटर बजारमा आउने भएको छ । सिप्रदी यात्री कम्पनीले P2 स्कुटर तयार भएको जनाएको हो ।

कम्पनीले आफ्नो शोसल मिडिया पेजमा P2 को टिजर सार्वजनिक गर्दै तयार भएको संकेत दिएको हो । पूर्णत कभर गरेर सार्वजनिक भएको टिजरमा छोपिएको स्कुटर केही दिनअघि जिरीमा परीक्षण भइरहेको तस्बिरहरु पनि बाहिर आएको थियो ।

यात्री मोटरसाइकलमा सिप्रदी ट्रेडिङले लगानी गरेसँगै नयाँ प्रोजेक्टले गति लिएको थियो । अब छिट्टै बजारमा ल्याउने गरी काम भइरहेको कम्पनीले आफ्नो सामाजिक संजाल फेसबुक पेजबाट जानकारी गराएको छ ।

P2 को यहाँसम्मको यात्रा निकै लामो रहेको बताउँदै कम्पनीले आफ्नो समाजिक सामाजिक संजालमा लेखेको छ, ‘अनगिन्ति किलोमिटर परीक्षण, टीमको रातभरको मेहनत र चलिरहेको काममा सन्तुष्ट नभएर निरन्तर काम गर्ने समर्पित टोलीको कारण कम्पनी अब प्रि प्रोडक्सनमा प्रवेश गरेको छ ।’

कम्पनीले अब छिट्टै P2 स्कुटर बाहिर आउने जनाएको छ । सम्भवतः आउँदै गरेको नाडा अटो शो २०२६ मा यसको प्रोडक्सन मोडल बाहिर आउने अनुमान गर्न सकिन्छ । कम्पनीले देखाएको टिजरले पनि यसलाई पुष्टि गर्छ ।

काठमाडौं वरपरका डाँडाहरुमा परीक्षणमा बेलाबखत देखिएको यात्रीको पहिलो स्कुटरको तस्बिरहरू बाहिर आएका थिए । तस्बिरमा देखिए अनुसार P2 स्कुटर पूर्णतः स्पोर्टी डिजाइनमा देखिन्छ ।

कम्पनीले केही समय अगाडि सार्वजनिक गरेको टिजरमा देखिए जस्तै मिड माउन्ट मोटर देखिएको छ । अगाडिको फेन्डर र रियर पार्ट मस्कुलर देखिएको छ । सिटको तल यात्रीको निलो कलरको ब्याज प्रयोग गरे जस्तो देखिन्छ । यसमा सिट पनि निकै फराकिलो भएको अनुमान गर्न सकिन्छ ।

यात्रीले यसमा १२ इन्चको अलोय ह्वील प्रयोग गरेको छ । आल्मुनियम स्वीङ आर्म प्रयोग भएको देखिन्छ । त्यस्तै डबल साइडेड स्प्रिङ सस्पेन्सन समेत देखिन्छ । स्कुटरमा सार्प एजहरूको प्रयोग र फ्लोर वोर्ड पनि फराकिलो भएको अनुमान गर्न सकिन्छ ।


Back_to_top