काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्डले सवारी साधन बिक्रीमा ठूलो सफलता हात पारेको छ । कम्पनीले विश्व बजारमा ३ करोड युनिट विद्युतीय सवारी बिक्री गर्न सफल भएको हो ।
यस सफल यात्राको महत्वपूर्ण हिस्सा रहेको आयोनले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र स्मार्ट ड्राइभिङ अनुभवमार्फत विद्युतीय मोबिलिटीको भविष्य निर्माण गर्दै विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकता पूरा गर्दै आएको छ।
पछिल्लो समय आयोनको बिक्रीले रफ्तार लिइरहेको छ । कम्पनीले सन् २०२६ को पहिलो ६ महिनामा १ लाख २१ हजार ५०० युनिट सवारी निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३२ प्रतिशतले वृद्धि हो।
यसले जीएसीका उत्पादनप्रति विश्वभरका ग्राहकहरूको बढ्दो विश्वास र स्वीकृतिलाई देखाउँछ। अमेरिका, एसिया–प्यासिफिक,मिडल इस्ट, अफ्रिका र युरोप लगायतका प्रमुख बजारहरूमा विस्तार हुँदै जीएसीले आफ्नो विश्वव्यापी उपस्थितिलाई थप मजबुत बनाउँदै आएको छ।
हाल जीएसी विश्वका ११० देशमा उपस्थिति जनाइसकेको छ । जहाँ ७४६ बिक्री तथा सेवा केन्द्र, ६ वटा अन्तर्राष्ट्रिय उत्पादन केन्द्र र ९ वटा पाट्र्स गोदामहरू संचालनमा छन्।
अनुसन्धान तथा विकासदेखि उत्पादन, आपूर्ति, बिक्री र सेवासम्मको यस संरचनाले आयोनलाई विश्वभरका ग्राहकहरूलाई स्थानीय आवश्यकता अनुसार उत्कृष्ट विद्युतीय मोबिलिटी अनुभव प्रदान गर्न सक्षम बनाएको छ।
जीएसी ग्रुप र आयोनले आगामी दिनमा थप नवप्रवर्तन र गुणस्तरीय सेवासहित विश्वव्यापी यात्रालाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
नेपालमा पनि सीजी मोटर्सले आयोनका अत्याधुनिक मोडलहरू भित्र्याएर विद्युतीय गाडीको बजारलाई थप प्रतिस्पर्धी र आधुनिक बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ।


