रोयल इन्फिल्डको सबै भन्दा धेरै बिक्री हुने तथा लोकप्रिय बाइक क्लासिक ३५० पर्छ । रोयल इन्फिल्डले बाइकहरुमा कमै मात्र अपडेट गर्ने गरेको पाइन्छ । हाल भने कम्पनीले आफ्ना उत्पादनहरुलाई समय समयमा परिमार्जन गर्न थालेको छ ।
कम्पनीले क्लासिक ३५० को अपडेटेड भर्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यही क्रममा क्लासिक ३५० को स्पाई तस्बीर सार्वजनिक भएको छ । उक्त तस्बीरका अनुसार कम्पनीले क्लासिक ३५० को रियरमा समेत डिस्क ब्रेक लगाएको छ । यसमा कम्पनीले दुबै डिस्क ब्रेकलाई बाइकको दाँया तर्फ राखिएको छ । हाल क्लासिक ३५० को फ्रन्टमा मात्र डिस्क ब्रेक रहेको थियो जुन बाँया तर्फ रहेको थियो ।
क्लासिक ३५० को इन्जिनको बारेमा केही जानकारी बाहिर आएको छैन । बीएस–६ मा मापदण्ड अनुसार हुने अनुमान रहेको छ । यसमा साथै यो बाइक एफआई प्र्रविधिसमेत हुने अनुमान गरिएको छ । साथै यसको एक्जस्ट सिस्टमा समेत परिर्वतन हुन सक्ने छ । यो इन्जिनको क्षमातमा भने कुनै परिर्वतन हुने छैन ।
तस्बीरमा देखिएको अनुसार अब क्लासिक ३५० मा किक स्टार्ट हुने छैन् । यसको ब्रेक लिभर परिमार्जन गरिएको छ, यसको इन्स्टुमेन्ट क्लस्टर भने हालकै समान एनालग क्लस्टर रहेको छ । यसमा हेलोजिन हेडल्याम्प तथा टेलल्याम्प दिइएको छ ।
नयाँ बाइकको रियर सिट तथा ग्रयाबरेललाई परिवर्तन गरिएको छ । कम्पनीले यसको मेकानिकल परिवर्तनको बारेमा कुनै तथ्य सार्वजनिक गरेको छैन ।


