काठमाडौं । लीपमोटरको इन्ट्री लेभल ह्याचब्याक टी ०३ नेपाली बजारमा सानो मोटर क्षमतामा आएको छ ।
नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले जारी नाइमा मोबिलिटी एक्स्पोमा ५० किलोवाटको मोटर भएको टी ०३ सार्वजनिक गरेको हो ।
कम्पनीले यसअघि ७० किलोवाटको मोटर भएको टी ०३ बिक्री गर्दै आएको थियो । कम्पनीले नयाँ टी ०३ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो रेगुलर टी ०३ कोभन्दा २ लाख रुपैयाँ सस्तो हो । ७० किलोवाट आवर मोटर भएको टी ०३ को मूल्य ३४ लाख रुपैयाँ रहेको छ ।
सानो मोटरमा आए पनि टी ०३ को ब्याट्री साइज भने पहिलाको जति नै छ । यसमा ३७.३ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ४०३ किलोमिटर सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम छ । यसमा २४०० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
यसमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको क्याबिनमा ८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको सेन्टर कन्सोल छ ।
सुरक्षाका लागि यसमा एडाप्टिभ क्रुज कन्ट्रोल,अटोनोमस इमरजेन्सी ब्रेक, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट डिटेक्स्न, लेन किपिङ एसिस्ट लगायत सुविधा भएको लेभल टु एडास उपलब्ध छ ।
लिप मोटर टी ०३ लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।
कम्पनीले नाइमा अफर अन्तर्गतद लीपमोटर टी ०३ किन्ने गहकलाई १ वर्षको बीमा र सडक कर निःशुल्क दिएको छ ।


