काठमाडौं । नेपाल आउँदै गरेको दिपलको ‘क्यू०५’ले चिनियाँ उपभोक्ताको ध्यान खिचिरहेको छ । लगातार ४ महिनादेखि कम्प्याक्ट एसयूभी सेग्मेन्टको टप स्थान बनाउन सफल क्यू०५ भदौं पहिलो साता नेपालमा बिक्री सुरू हुँदैछ ।
चीनमा एक लाख युनिट बिक्री पुरा गरेको क्यू०५ तीव्र गतिमा लोकप्रिय बन्दै गएको एसयूभी हो । चांगानले अगस्ट ११ मा सार्वजनिक गरेको विवरणअनुसार, अल-न्यु क्यू०५ ले जुलाई २०२६ मा मात्रै १८ हजार ८७१ युनिट डेलिभरी गरेको छ। योसँगै उक्त एसयूभी लगातार चार महिना चीनमा सर्वाधिक बिक्री हुने
कम्प्याक्ट एसयूभी बनेको हो ।
क्यू०५ ले सन् २०२६ को पहिलो ६ महिनामा कुल बिक्रीका आधारमा चीनको सर्वाधिक बिक्री हुने कम्प्याक्ट प्योर–इलेक्ट्रिक एसयूभीको उपाधिसमेत हासिल गरेको छ ।
यो उपलब्धिको गति अझ उल्लेखनीय छ । अल-न्यु क्यू०५ चीनमा नोभेम्बर २०२५ मा सार्वजनिक भएको थियो। अर्थात्, बजारमा आएको नौ महिना नपुग्दै यसको कुल बिक्री एक लाख युनिटभन्दा माथि पुगेको हो ।
चिनियाँ बजारको बिक्री तथ्यांकले पनि क्यू०५ को माग कति तीव्र गतिमा बढ्यो भन्ने देखाउँछ। जनवरीमा ४ हजार ४५२ र फेब्रुअरीमा ३ हजार ८५२ युनिट मात्रै बिक्री भएको क्यू०५ मार्चमा बढेर १२ हजार ६०२ युनिट पुगेको थियो ।
त्यसपछि अप्रिलमा १५ हजार ८१४, मेमा १५ हजार ९५४ र जुनमा १८ हजार ९०८ युनिट बिक्री भयो । जुलाईमा पनि यसले १८ हजार ८७१ युनिटको बलियो प्रदर्शन कायम राख्यो । यसरी जुलाईको बिक्री जनवरीको तुलनामा चार गुणाभन्दा बढीले वृद्धि भएको हो ।
चीनको अत्यन्त प्रतिस्पर्धी एक लाख युआन हाराहारीको इलेक्ट्रिक एसयूभी बजारमा क्यू०५ को सुरुवाती मूल्य ७९ हजार ९०० युआन तोकिएको छ । यसले कम्प्याक्ट एसयूभीको स्पेससँगै सीएटीएल ब्याट्री सेल, थ्री-सी फास्ट चार्जिङ र प्रविधिमैत्री डिजिटल क्याबिन प्रदान गर्छ ।
नेपालमा किन थप राम्रो हुन सक्ला ?
नेपालमा फिचर लोडेड कारको माग उच्च छ । साइजमा ठूलो, डिजाइनमा मार्डन र ड्राइभिङमा फरक फिल दिने गाडी यहाँका उपभोक्ताको रोजाईमा पर्छ । यसमा रहेको २७३५ एमएम लामो ह्विलबेसले फराकिलो क्याबिन दिएको छ । ईभी भएको कारण पावरफुल डिसी चार्जरमा चार्ज गर्न पाउँदा करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने भएकाले उपभोक्ताको रोजाईमा क्यू०५ पर्न सक्ने देखिन्छ ।
नेपालमा यसअघि दिपलले ल्याएको एस०७ र एस०५ एसयूभीले पनि निकै राम्रो ब्यापार गर्न सफल भएको र अहिले पनि सेग्मेन्ट लिडरको रुपमा एस०५ एसयूभी रहेका कारण आगामी मोडलले पनि बजारमा राम्रै चर्चा पाउने अनुमान छ ।
नाडा अटो शो २०२६ को मुख्य आकर्षण मध्येको एक हुने अनुमान गरिएको क्यू०५ को टप भेरियन्ट लाइडारमा आधारित चालक सहायता प्रविधि (एडास) र ४ नानोमिटर अटोमोटिभ-ग्रेड इन्टेलिजेन्ट ककपिटसहित आउने छ ।
चीनमा एक लाखभन्दा बढी ग्राहक र लगातार चार महिनाको सेग्मेन्ट लिडर बनेको क्यू०५ नेपाल आउँदा यसअले अन्य प्रतिस्पर्धीलाई ठूलै धक्का दिने अनुमान गर्न सकिन्छ । तर, त्यसको लागि यसमा रहने फिचरहरु र मूल्यले धेरै कुरा निर्धारण गर्नेछ ।


