काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अटो महाकुम्भ मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ जारी छ । मंगलबारदेखि सुरू भएको यो एक्स्पो आगामी आइतबारसम्म संचालन हुनेछ ।
नाइमा एक्स्पोमा दुई/चारपाँग्रे र कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका छन् । यी ब्राण्डले बिहीबारसम्म ५२ नयाँ मोडल लन्च गरेका छन् ।
एक्स्पोमा करिब १८ लाखदेखि झण्डै ३ करोडसम्म पर्ने कारहरू प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा सस्ता र मध्यम मूल्यका बजेट फ्रेण्डली कारमा धेरैको आकर्षण देखिएको छ ।
एक्स्पोमा सहरी क्षेत्र र थोरै पैसा हुनेका लागि लक्षित गर्दै निकै सस्ता कार पनि राखिएको छ । जसको मूल्य २० लाखभन्दा पनि कम छ । यी कार मासिक १८ हजार हाराहारी किस्ता तिरेर चढ्न सकिन्छ । यहाँ हामीले नाइमामा सबैभन्दा सस्ता अर्थात् २० लाख रुपैयाँभन्दा कममै किन्न पाइने ३ कारको चर्चा गरेका छौं ।
एमजी कोमेट ईभी
एमजी कोमेट मिनी ईभी नाइमा मोबिलिटी एक्स्पोकै सबैभन्दा सस्तो कार हो । जीएसडब्लू एमजी इण्डिया मोटरको आधिकारिक बिक्रेता बिक्रेता जीओ अटोमोबाइल्सले कोमट ईभीको सुरूवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकेको छ । ग्राहकले नाइमा अफरमा कोमेट ईभीमा १ लाख रुपैयाँ बराबरको लाभ पाउने कम्पनीले जनाएको छ ।

एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुल चार्जमा २३० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी छ । ४५ किलोवाटको फास्ट चार्ज सपोर्ट गर्ने यो ईभी ४५ मिनेटमा शून्यदेखि १०० प्रतिशत चार्ज हुन्छ ।
यसमा ३१ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ४२ पीएस पावर प्रदान गर्छ । यसको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमए र उचाइ १६४० एमएम छ । यसमा २०१० एमएम लामो ह्वील बेस पाउन सकिन्छ ।
१६५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको कोमेट ईभीमा डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ । यसमा १०.२५ इन्चको हेड युनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
यसमा सुरक्षाका लागि अगाडि २ वटा एयरब्याग, एबीएस, ईबीडी, रिभर्स पार्किङ क्यामेरा लगायत फिचर छन् ।
हेनरी भोल्ट
नाइमा हेनरी भोल्टसको बेस भेरियन्ट (मोडल एच) १८ लाख ५० हजार रुपैयाँमा किन्न पाइन्छ । कम्पनीले यसअघि २१ लाख ७५ हजार रुपैयाँमा बिक्री गर्दै आएको हेनरी भोल्टसमा नाइमामा ३ लाख रुपैयाँ छुट दिएको हो । कम्पनीले हेनरी भोल्टसको मोडल सी प्रोमा पनि २ लाख छुट दिएको छ । ग्राहकले यो भेरियन्ट साढे २२ लाख रुपैयाँमै किन्न पाउँछन् ।

हेनरी भोल्टसको लम्बाइ ३३८० एमएम, चौडाइ १४९९ एमएम र उचाइ १६१० एमएम छ । यसमा ह्वीलबेस २४४० एमएम पाउन सकिन्छ ।
यसमा १७.२८ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा २०५ किलोमिटर रेन्ज् दिने कम्पनीले दाबी गरेको छ । रियर ह्वील ड्राइभ सिस्टम रहेको यो मिनीकारमा ३४ किलोवाटको मोटर छ । जसले १०२ एनएम टर्क प्रदान गर्छ ।
४ सिट क्षमताको यो ईभीमा ५ ढोका रहेका छन् । १६५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो ईभीको टप स्पीड प्रतिघण्टा १०५ किमी छ ।
यसका ७ इन्चको एलईडी डिस्प्ले छ । एलईडी हेडलाइट, रुबी स्टाइल टेल लाइट, मल्टिफंसन स्टेरिङह्वील, भ्याकुम बुस्टर, सिन्थेटिक लेदर सिट, पावर विन्डो छ ।
सुरक्षा की लेस इन्ट्री, रिभर्स क्यामेरा, रिभर्स र्पािकङ सेन्सर, चालकको लागि एयर ब्याग, चाइल्ड सेफ्टी लक, ट्रयांगल वार्निङ साइन, एबीएस, ईबीडी, टायर प्रेसर मनिटरिङ सिस्टम उपलब्ध छ ।
यी बाहेक केई ई क्युट ०२, ई क्युट ०४, होनरी भोमा र टाटा टियागो ईभी पनि सस्ता कार हुन् । यी कार ३० लाख रुपैयाँभन्दा कममा किन्न पाइन्छ ।
वुलिङ मिनी ईभी
२० लाखभन्दा कममै किन्न पाइने अर्को कार हो वुलिङ मि नी ईभी । नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले वुलिङ मिनी ईभीको स्ट्याण्डर्ड रेन्ज भेरियन्टको आधिकारिक मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, ग्राहकले नाइमा अफरमा १ लाख छुट पाउँदै १९ लाख ९९ हजार रुपैयाँमै किन्न सक्नेछन् । मिनी ईभीको लङ रेन्ज भेरियन्टको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

४ ढोके यो मिनी ईभीको लम्बाइ ३२६८ एमएम, चौडाइ १५२० एमएम र उचाइ १५७५ एमएम छ । कम्पनीले यसमा ३० किलोवाट क्षमताको ‘थ्री इन वान’ मोटर दिएको छ । जसमा ३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । स्टायण्डर्ड, ईको र स्पोर्ट मोड आवश्यकता अनुसार चालकले प्रयोग गर्न सक्नेछन् ।
मिनी ईभीमा १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः २०५ र ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गर्न सकिने मिनी कारलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३५ मिनेट लाग्नेछ ।
यसमा मोबाइल एप कनेन्टिभिटी उपलब्ध कारमा थुप्रै सुरक्षा फिचर छन् । इलेक्ट्रीक पार्किङ ब्रेक, दुई एयरब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड, डाइनामिक ब्रेक फङ्सन, ट्रयाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक असिस्ट, अटो होल्ड जस्ता फिचर छन् ।
आरामदायी यात्रालाई ध्यानमा राखेर बनाइएको मिनी कारको चारवटै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम पनि ३ तहको छ । जहाँ कम्र्फट, स्टायण्डर्ड र स्ट्रङ मोड पाउन सकिन्छ ।


