काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड होनरी अटोमोबाइल ग्रुप अन्तर्गतको सबब्राण्ड भीअटोको बोमा ईभी सार्वजनिक भएको छ ।
नेपालमा एप्पल, एचपी, डाइसन, डेल लगायत ब्राण्डका उत्पादन बेच्दै आएको जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि अन्तर्गतको जेननेक्स्ट मोटर्सले जारी नाइमा मोबिलिटी एक्स्पोमा होनरी बोमा ईभी बिक्री सुरु गरेको हो ।
कम्पनीले होनरी बोमा ईभीको बेस भेरयन्टकाे मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ र टप भेरियन्टकाे २५ लाख ९९ हजार ९९९ रुपैयाँ ताेकेर बिक्री सुरू गरेको हो । नाइमा अफर अन्तर्गत ग्राहकले उक्त मूल्यमा १ लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । साथै आकर्षक गिफ्ट ह्याप्पर समेत पाउने छन् ।
भीअटो होनरी बोमा ईभी आधुनिक, स्मार्ट तथा शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको विशेष इलेक्ट्रीक मिनी कार हो । आधुनिक प्रविधि, उत्कृष्ट सुविधा र आकर्षक मूल्यको संयोजनले यो ईभी ग्राहकलाई उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास छ ।
होनरी बोमाको सस्तो भेरियन्टमा ३० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसमा १८.५ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा २०० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।
कम्पनीको महँगो भेरियन्टले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिनेछ । साधारण प्लगबाट यो गाडी फुलचार्ज हुन ७ घण्टा लाग्नेछ ।
५ सिट क्षमता भएको यो गाडी फराकिलो र आरामदायी इन्टेरियरका साथै कम्प्याक्ट, आकर्षक डिजाइनमा उपलब्ध छ । साँघुरा सडकमा पनि सजिलै चलाउन तथा पार्किङ गर्न मिल्ने भएकाले यो गाडी दैनिक कार्यालय आवतजावत, पारिवारिक प्रयोग तथा व्यक्तिगत यात्राका लागि उपयुक्त छ ।
यसमा एबीएस, ईबीडी, एयर ब्याग, रिभर्स क्यामेरा, आइएसको चाइल्ड सिट इन्टरपफेस, रियर पार्किङ राडार, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत सेफ्टी फिचर छन् ।
जेननेक्स्ट मोटर्सले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको सहज उपलब्धता र दक्ष प्राविधिक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ । कम्पनीले यसकाे ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलाेमिटर वारेन्टी दिएकाे छ। त्यस्तै, गाडीमा ३ वर्ष वा १ लाख किमी वारेन्टी दिएकाे छ ।


