काठमाडौं । सीएफमोटो नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर टुरर मोटरसाइकल ४५० एमटीको नयाँ कलर भेरियन्ट बिक्री सुरू गरेको छ ।
नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नाइमा मोबिलिटी एक्स्पोमा ४५० एमटी मोटरसाइकलको २०२६ नयाँ मोडल ब्ल्याक कलर अप्सन उपलब्ध गराएको हो ।
यो सन् २०२६ को नयाँ मोडल भए पनि कलर बाहेक अन्य केही परिवर्तन भएको छैन । सीएफ मोटोको ४५० एमटी मोटरसाइकलको नयाँ ब्ल्याक कलर अप्सनको मूल्य १२ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
नेपालमा एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा राम्रो प्रतिक्रिया पाएको ४५० एमटीको ब्ल्याक कलरको ग्राफिक्सले अझ आधुनिक र आकर्षक लुक देखाएको छ ।
सीएफ मोटो ४५० अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर टुरर मोटरसाइकल हो । यस एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड, आठ भल्ब, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ४४ हर्षपावर तथा ४४ एनएमकै टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, पुरा एलईडी लाइट सेटअप, यूएसबी पोर्ट, एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट, लंग ट्राभल सस्पेन्सन, स्पोक ह्वील लगायत फिचर पाउन सकिन्छ ।


